वीरगञ्जलाई आर्थिक राजधानी बनाउनुपर्ने



वीरगञ्ज,चैत १९ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले औद्योगिक तथा व्यापारिक नगर वीरगञ्जलाई आर्थिक राजधानी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

आम जनता पार्टीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले वीरगञ्जमा पर्याप्त मात्रामा आर्थिक गतिविधि हुने भएकाले यसलाई आर्थिक राजधानी बनाउनुपर्नेमा उहाँको जोड थियो ।
प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका साहले मुलुकको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य भएको बताउनुभयो ।

‘‘मुलुकको आन्तरिक तथा बाह्य ऋण बढिरहेको छ,’’ उहाँले भन्नुभयो,‘‘स्वदेशी उद्योग, कलकारखानालाई प्रवद्र्धन गर्ने नीति अवलम्बन गर्न आवश्यक छ ।’’

प्रकाशित मिति: २०८१ चैत्र १९, मंगलवार ११:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको