जसपा नेपाल महोत्तरी गापा अध्यक्षमा अजय जंग



जनकपुरधाम, चैत २० । जनता समाजवादी पार्टी नेपाल महोत्तरी गाँउपालिकाको अध्यक्षमा अजय जंग राय दोहरिएका छन ।
आज बुधवार सम्पन्न महोत्तरी गाँउपालिका अधिवेशनले रायको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा रामनन्दन यादव, राम आधार भण्डारी, सचिवमा उमेश ठाकुर, उपसचिवमा सकलदेव पासवान, विजय महतो र कोषाध्यक्षमा अन्जना नायक सर्वसम्मत चयन भएका छन ।

त्यसैगरि सदस्यहरुमा संतोष यादव पर्सा, हरिनारायण यादव महोत्तरी, राजकिशोर यादव (सनुखडा), गणेश मण्डल (अनैठा), काठती राम (रतवाडा) , अजय यादव (पर्सा), श्रवण यादव (गोनरपुरा) रामनारायण भगत (गोनरपुरा) , दुखनी पण्डित मडै, सुशिला दास मडै, चन्दन यादव(डाम्ही), रामनरेश पासवान (गोरिगम्मा), कुर्मी सदा (रतवाडा), सुरेश यादव( महोत्तरी), विनिता साह (मडै) चयन भएका छन ।

त्यस्तै बौएलाल महतो (हर्री), आमोद यादव( हिरदुवा), रामदेव पण्डित (रतवाडा), निभा ठाकुर महोत्तरी, शिवदेवी पासवान( सनुखडा), नागेन्द्र चौधरी (मडै) रामपृत चौधरी (डाम्ही), राजदेव यादव( सनुखडा), जिवछ यादव (मडै), सरिता कुमारी साह( गोनरपुरा) चयन भएका छन ।
अधिवेशनले १२ जना जिल्ला अधिवेशन प्रतिनिधि समेत चयन गरेका छन ।

अध्यक्ष अजय जंग रायको अध्यक्षतामा भएको अधिवेशन खुला सत्रको प्रमुख अतिथि जसपा नेपालका कोषाध्यक्ष सुरिता कुमारी साह, विशिष्ट अतिथिमा केन्द्रिय कार्यकारिणी सदस्य एवं प्रदेश प्रमुख अभियन्ता हरिनारायण यादव, केन्द्रिय सदस्य इन्दु शर्मा, मिनु झा, केन्द्रिय प्रचार विभाग सदस्य आतिश मिश्रा, प्रदेश सदस्य रामनरेश राय सहितको उपस्थिति रहेको थियो ।

खुला सत्रमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा एसका प्रतिनिधिहरुले शुभकामना दिएका थिए ।

प्रकाशित मिति: २०८१ चैत्र २०, बुधबार २०:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको