जनकपुरधाम, चैत २२ । तराई मधेशमा गर्मी बढे संगै सार्वजनिक स्थलमा लगाइएको बोटविरुवाहरुमा जनकपुरधाम उप–महानगरपालिकाले पानी हाल्ने काम शुरु गरेको छ । विहान र बेलुका गरी दुई पटक उप–महानगरमा रहेको पानी ट्यांकले पानी खन्याउने काम गरिएको जनकपुरधाम उप–महानगरपालिकाका मेयर मनोजकुमार साहले जानकारी दिए ।
अहिले दैनिक दुई पटक बिहान र बेलुका सडक छेउछाउमा रोपिएको बेटविरुवाहरुमा पानी हाल्ने काम भई रहेको उनले बताए । मेयर साहले गर्मी बढेपछि बोटविरुवाहरु सुख्ने सम्भावना बढेकोले पानी हाल्ने अभियान नै चलाएको बताए ।
जनकपुरधाम उप–महानगरपालिकाको सडक पेटी तथा मुख्य सडकमा रहेको सयौं बोटविरुवाहरु गर्मी बढे संगै सुख्न सक्ने सम्भावना बढेपछि विज्ञको सल्लाह अनुसार पानी खन्याउने काम भई रहेको मेयर साहले बताए ।




