आगलागी पीडितलाई राहत



ओम प्रकाश यादव
रौतहट, चैत २४ । रौतहटको माधवनारायण नगरपालिकाका मेयर बैजनाथ प्रसाद यादवले आज आगलागीबाट पीडित भएका चार घरपरिवारलाई राहत सामग्री उपलब्ध गराएका छन् । आज दिउँसो आगलागीबाट लाखौंको क्षती व्यहोरेका माधोपुरका तेजी पण्डित, शुशील पण्डित लगाएत चार जनालाई खाद्यान्न सामग्री, लत्ताकपडा, भाँडाकुँडा लगाएत सामग्री मेयर यादवले सहयोग उपलब्ध गराएका छन् ।

आगलागीबाट तेजी पण्डित, शुशील पण्डित सहित चारजनाको घर र घरमा राखिएको नगद, लत्ताकपडा, दराज, टिभि लगाएतका सामान जलेर पूर्ण रूपमा नष्ट हुँदा पण्डित परिवार निकै समस्यामा परेका थिए। सोही समस्यालाई मध्य नजर गरी माधव नारायण नगर प्रमुख बैजनाथ प्रसाद यादवले आफू विशेष कामले बाहिर भएपनि आफ्ना सहयोगी कर्मचारी मार्फत पीडित पण्डित परिवारको घरमै राहत सामग्री पठाएका हुन्।



मेयर यादवले चारै जनालाई प्रति परिवार एक एकथान ग्याँस सिलिण्डर, ग्याँस चुल्हो, प्रेसर कुकर सहितका भाँडाकुँडा, साडी सेट, साल, कम्बल, जाजिम, त्रिपाल, चामल, दाल, नुन, तेल लगाएतका खाद्यान्न सामग्री नगरपालिकाको तर्फबाट सहयोग गरेको स्थानीय कर्मचारी त्रिदेव पण्डितले जानकारी दिएका छन्।

प्रकाशित मिति: २०८१ चैत्र २४, आईतवार २१:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको