सर्लाहीमा एक युवक लागु औषधसहित पक्राउ



सर्लाही, चैत २६ । सर्लाही प्रहरीले लागु औषधसहित एकजनालाइ पक्राउ गरेको छ ।

प्रहरीले सर्लाहीको हरिवन नगरपालिका–३ डढवाटोलबाट लागु औषधसहित एक युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही स्थानका करुण बहादुर सिवाकोटीका छोरा २६ वर्षीय मान बहादुर सिवाकोटी रहेका छन ।



विशेष सूचनाका आधारमा सोमबार राति हरिवन नगरपालिका–३ मा चेकजाँचका क्रममा प्रहरी निरीक्षक किशोर तामाङको नेतृत्वमा खटिएको टोलीले सिवाकोटीलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले उनको साथबाट बा.९प ६४६३ नम्बरको मोटरसाइकल बरामद गरेको छ । प्रहरीका अनुसार उनलाई साथमा राखिएको झोलाबाट प्रतिबन्धित लागूऔषध WINECEREX १०० एमएलका ३१३ बोतल र ONEREX १०० एमएलका २९ बोतलसहित पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सरोज राईले लागूऔषध विरुद्धको अभियान अन्तर्गत प्रहरीले सक्रियताका साथ निगरानी र कारबाही गरिरहेको बताए।

लागु औषध सम्बन्धी कसुरमा जिल्ला अदालत सर्लाहीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८१ चैत्र २६, मंगलवार १८:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको