जसपा नेपाल शहीदनगरको अध्यक्षमा दिनेश दोहरिए



जनकपुरधाम, चैत २९ । जनता समाजवादी पार्टी नेपाल धनुषाको शहीदनगर नगरपालिकाको अध्यक्षमा दिनेश प्रसाद यादव दोहरिएका छन ।  विहीवार सम्पन्न नगरअधिवेशनले यादवको अध्यक्षतामा सर्वसम्मत २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा सीता देवी यादव र भरत मुखिया, सचिवमा शुभेश्वर यादव, उपसचिवमा सरोज कुमार दास र इन्दल साह र कोषाध्यक्षमा शिवरञ्जन यादव चयन भएका छन । त्यसैगरि नयाँ कार्यसमितिमा १६ सदस्य अहिले चयन भएको र बाँकी पछि थपिने नवनिर्वाचित अध्यक्ष यादवले जनाएका छन ।

विहिवार विहान नगर प्रमुख समेत रहनुभएका नगर अध्यक्ष दिनेश प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि जसपा नेपालका केन्द्रीय सदस्य जितेन्द्र कुमार यादव रहेका थिए ।  कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पूर्व प्रदेशसभा सदस्य शैलेन्द्र यादव, मुखियापट्टि मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादव, जसपा नेपाल हंसपुर नगर अध्यक्ष रामनारायण कापरी, वडा अध्यक्ष मनोज कुमार दास लगायत नेताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जितेन्द्र कुमार यादवले जसपा नेपाल मधेस र मधेसी जनताको हक–हितका लागि निरन्तर लागिरहेको बताउँदै अध्यक्ष दिनेश प्रसाद यादवको नेतृत्वमा पार्टी अझ सशक्त बन्दै गएको धारणा व्यक्त गरे ।

जयकुमार यादवले देशकै सबैभन्दा तल्लो भूभागबाट जनप्रतिनिधित्व गर्दै जनअपेक्षाअनुसार विकास निर्माणमा अगाडि बढेको मुखियापट्टि मुसहरनिया गाउँपालिकाको उदाहरण दिँदै सहिदनगरका प्रमुख दिनेश यादव पनि त्यही भावनाका साथ अगाडि बढिरहेको बताए ।
अधिवेशनमा नगरभरिका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०८१ चैत्र २९, शुक्रवार ११:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको