हमासद्वारा इजराइली बन्धकको भिडियो जारी



एजेन्सी, चैत ३१ । हमासले शनिबार इजरायली–अमेरिकी बन्धक एडेन अलेक्ज्याण्डरको भिडियो जारी गरेको छ । उनलाई अक्टोबर ७, २०२३ देखि हमास आतंककारीहरूले कब्जा गरेर गाजामा राखेको छ ।

भिडियोमा उनले आफूलाई गाजामा ५५१ दिनसम्म राखिएको बताएका छन्। भिडियोमा उनी किन अझै यहाँ राखिएको छ भनेर प्रश्न गरिरहेका छन्। उनले आफनो रिहाईका लागि अपील गरि रहेको देखाइएको छ। अलेक्ज्याण्डर इजरायली सेनाका सिपाही हुन्। उनको परिवारले यो भिडियो सहि रहेको बताएका छन ।

युद्धको समयमा हमासले समय समयमा यस्ता धेरै भिडियोहरू जारी गरेको छ। यसको उद्देश्य इजरायललाई दबाब दिनु हो। तर इजरायलले यी सबै भिडियोहरू अस्वीकार गर्दै आएका छन ।  जनवरी १९ मा भएको युद्धविराम पछि, हमासले ३८ जना बन्धकहरूलाई रिहा गरेको थियो । मार्च यता इजरायली सेनाले गाजामा पुनः हवाई आक्रमण सुरु गरेको छ ।

प्रकाशित मिति: २०८१ चैत्र ३१, आइतवार ०८:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको