सिरियाको पुनर्निर्माणमा सहयोग गर्न यूएई तयार



एजेन्सी, वैशाख १ । संयुक्त अरब इमिरेट्स (युएई) ले सिरियाको पुनर्निर्माणमा सहयोग गर्न चाहेको संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपतिले बताउनुभएको छ ।

राष्ट्रपति अबुधाबीमा आइतबार सिरियाका अन्तरिम नेता अहमद अल–शरासँगको भेटमा नाह्यानले युएईले सिरियाको पुनः निर्माणमा सहयोग गर्न चाहेको बताउनुभएको हो । सिरियाले सङ्क्रमणकालीन चरणका चुनौतीहरूको सामना गर्न र सिरियाको पुनर्निर्माण गर्न, वाम न्यूज एजेन्सीले जनाएको छ।

सिरियाली विदेशमन्त्री असद अल–शैबानीले शारासँगको भेटपछि भन्नुभयो, “आज महत्वपूर्ण उपलब्धि हासिल भएको छ ।”   सामाजिक सञ्जाल एक्समा गरेको एक पोस्टमा शैबानीले लगानीका क्षेत्रहरू, हवाई यातायातको पुनरुत्थान, र सबै क्षेत्रमा द्विपक्षीय सम्बन्धको सुदृढीकरणका बारेमा जानकारी गराउनुभएको थियो । एक दशकभन्दा लामो गृहयुद्धपछि गत डिसेम्बरमा लामो समयदेखि सत्तामा रहेका बशर अल असदलाई सत्ताच्यूत गर्ने क्रममा भएको फिल्मी शैलीको आक्रमणको नेतृत्व गरेपछि शाराले आफ्नो देशका लागि खाडी राष्ट्रहरूसँग सहकार्यको लागि हात बढाउनुभएको छ ।

तर विद्रोहीहरूले असदलाई सत्ताच्युत गरेको केही दिनपछि युएईका राष्ट्रपतिका सल्लाहकार अनवर गार्गाशले सिरियाका नयाँ शासकहरूको इस्लामवादी संलग्नतालाई सरकारले ‘निकै चिन्ताजनक’ महसुस गरेको बताउनुभएको थियो । सिरियाको सरकारी समाचार संस्था सानाका अनुसार गत जनवरीमा शाराले युएईका राष्ट्रपतिसँग फोनमा सम्बन्ध प्रगाढ बनाउने विषयमा कुराकानी गर्नुभएको थियो । “सिरियाको स्थिरता र सुरक्षा व्यवस्था समग्र क्षेत्रको हितमा छ,” युएईका राष्ट्रपतिलाई उद्धृत गर्दै आइतबार समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

उहाँले आगामी दिनमा सिरिया र त्यहाँका जनतालाई सक्दो सहयोग गर्न खाडी मुलुकले कुनै कसर बाँकी नराख्ने पनि बताउनुभएको थियो ।

विश्लेषकहरूले युएई सिरियाका नयाँ नेताहरूप्रति सशङ्कित रहेको बताएका छन् जसले इस्लामप्रति उसको अविश्वास र युद्धग्रस्त देशमा टर्कीको राजनीतिक प्रभावबारे चिन्ता व्यक्त गरेको छ ।

प्रकाशित मिति: २०८२ बैशाख १, सोमवार १५:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको