ट्रम्पको निशानामा हार्वर्ड विश्वविद्यालय

हार्वर्ड विश्वविद्यालये यहूदीविरोधी भावना भड्काउने जमात तयार पारेको ट्रम्प प्रशासनको दाबी, ह्वाइट हाउसको माग हार्वर्ड प्रशासनद्धारा खारेज


जनकपुरधाम, वैशाख २ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विश्व विख्यात हार्वर्ड विश्वविद्यायलाई दिइदै आएको वार्षिक २ अर्ब डलरभन्दा बढीको संघीय अनुदानमाथि रोक लगाउने भएको छ ।

ह्वाइट हाउसले हार्वर्ड विश्वविद्यालयसँग राखेका कतिपय माग अश्वीकार गरेपछि ट्रम्प प्रशासनले अनुदान रोक्ने भएको हो । देशको सबैभन्दा प्रतिष्ठित विश्वविद्यालयमाथि भएको यो ज्यादतीको विरोध भइरहेको छ । यसअघि ह्वाइट हाउसको तर्फबाट हार्वर्ड विश्वविद्यालयसमक्ष केही सरोकारको सूची पठाइएको थियो । ती मागलाई विश्वालय प्रशासनले विश्वविद्यालय क्याम्पसमा यहूदीविरोधी भावनासँग लड्ने जमात तयार पारेको आरोप छ ।

ट्रम्प प्रशासनले विश्वविद्यालयको प्रशासन, प्रवेश र नियुक्ति प्रक्रियामा संशोधन गर्न भनेको थियो । यहूदीविरोधी भावना भड्काउने उद्देश्यले हार्वर्डमा विदेशी विद्यार्थी भर्ना भएको ह्वाइट हाउसको आरोप छ । विश्वविद्यालयमा भर्ना प्रक्रियामाथि ह्वाइट हाउसले गर्न खोजेको हस्तक्षेपको हार्वर्ड प्रशासनले खारेज गरेको थियो ।

प्रकाशित मिति: २०८२ बैशाख २, मंगलवार १२:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको