राजविराज, बैशाख १२ । राजविराज नगरपालिका तथा रुपनी गाउँपालिकाको बीच सिमानास्थित गजेन्द्रनारायण सिह औधोगिक क्षेत्रमा बैशाख २१ गतेदेखि श्री सीताराम नाम १०८ मण्डपीय संकिर्तन एवं रामचरित मानस महायक्षको आयोजना हुने भएको छ ।
९ दिन सम्म चल्ने उक्त महायज्ञमा नेपाल तथा भारतका विभिन्न धर्मगुरुका साथै साधु–सन्तहरुको व्यापक सहभागिता हुने शुक्रवार महायज्ञस्थल मै पत्रकार सम्मेलनको आयोजना गरी आयोजक समितिले जनाएको छ । विश्व शान्ति, मानव कल्याण, औधौगिक क्षेत्रको विकास तथा उधोगीहरुलाई आकर्षित गर्ने कामनाका साथ आयोजना गर्न लागिएको महायज्ञमा १५ लाखभन्दा बढी भक्तजनआउने विश्वास गरिएको आयोजक समितिका अध्यक्ष गणपैत पण्डित कुम्हारले बताए ।
भब्यरुपमा हुन लागेको महायज्ञको अनुमानित लागत ३ करोड ३६ लाख रहेको आयोजक समितिका सहअध्यक्ष समेत रहेका रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले जानकारी दिए । उनले विश्व शान्ति, मानव कल्याण, हिन्दु धर्मको रक्षा, प्रचार प्रसार तथा औधौगिक क्षेत्रको विकासका लागी समेत महायज्ञको आयोजना गर्न लागिएको भन्दै यसमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नूृ पर्नेमा जोड दिए ।
यज्ञकर्ता एवं संरक्षक जगत नन्दन दासजी (पगलाबाबा) ले महायज्ञमा भारतका शंकरार्चाय पिठाधिश जगत गूरु शारदानन्द सरस्वतीका साथै नेपाल तथा भारतका प्रख्यात संन्तहरुबाट कथावाचन हुने कार्यक्रम रहेको जानकारी दिदै महायज्ञ सफल बनाउन सबैसंग आग्रह गरे ।
महायज्ञ भब्य बनाउनका लागी धार्मिक प्रवचन, रासलिला, रामलिला, झुला खेलसहित मनोरंजनका विभिन्न कार्यक्रमहरु आयोजना हुने जिल्ला समन्वय समितीका उपप्रमुख एवं महायज्ञ आयोजक समितिका सदस्य शम्भु प्रसाद यादवले जानकारी दिए ।
महायज्ञस्थलमा अहिले पुजा विधीका लागी फुँसका १००८ वटा मण्डप बनाइएको छ भने विभिन्न देवी देउताका १०८ वटा मुर्ती बनाउने काम धमाधम चलिरहेको छ । महायज्ञ भब्य बनाउन विभिन्न ९ वटा उपसमितीहरु समेत बनाइएको छ ।
पत्रकार सम्मेलनमा समाजसेवी गजेन्द्र मण्डल, दिपेन्द्र चौधरी, प्रदिप यादव, वडाअध्यक्ष जबाहर यादव, गंगाराम यादव, खोनेपानी कार्यालयका प्रमुख एवं महायज्ञ व्यवस्थापन उपसमितिका संयोजक राजाराम यादवले महायज्ञको तयारी बारे जानकारी गराएका थिए ।
महायज्ञको उद्घाटनका दिन १० हजार महिलाको सहभागितामा कलश यात्रा निकाल्ने तयारी गरिएको आयोजक समितिले जनाएको छ । महायज्ञ बैशाख २१ गतेदेखी सूरु भई २९ बैशाख सम्मचल्ने छ ।







