जनकपुरधाम, वैशाख ११ । भारत कश्मिरको पहलगावमा भएको आतंककारी आक्रमणमा परि नेपाली नागरिक सुदिप न्यौपानेको हत्या भएको विरोधमा जनकपुरमा प्रदर्शन भएको छ ।
स्वतन्त्र युवाहरुको समूहले सुदिपलाई न्याय दे मांग गर्दै जनकपुरधामको विद्यापति चोकबाट शुरु गरेको विरोध प्रदर्शन नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । उनिहरुले प्रदर्शनको क्रममा आतंककारीलाई संरक्षण दिने पाकिस्तान मुर्दावाद, सुदिपलाई न्याय दे, आतंककारीको अन्त गर जस्ता नाराहरु लगाएका छन ।
कश्मिर आतंककारी आक्रमणमा पाकिस्तान समर्थित समूहको हात रहेको भन्दै विश्वभरि प्रदर्शन भै रहेको बेला जनकपुरमा पनि युवाहरुले प्रदर्शन गरेका हुन । उनिहरुले पाकिस्तानको झण्डा जलाउनुका साथै पाकिस्तानी सेना प्रमुख असिम मुनिरको पुत्ला दहन समेत गरेको छ ।
प्रदर्शनकारीहरुले केही वेर विद्यापतिचोकमा चक्काजाम समेत गरेका थिए ।







