जसपा नेपाल बाराको नेतृत्वका लागि शनिवार मतदान

अध्यक्ष पदमा चार जनाको प्रतिस्पर्धा


निखिल पासवान
कलैया, वैशाख १८ । जनता समाजवादी पार्टी नेपाल बारा जिल्लाको प्रथम जिल्ला अधिवेशन बाट चयन हुने नयाँ नेतृत्वको लागि शनिवार मतदान हुने भएको छ ।

वैशाख १३ गते उद्घाटन भएको प्रथम जिल्ला अधिवेशनले सहमतिमा नयाँ नेतृत्व चयन गर्न नसकेपछि निर्वाचन प्रक्रियामा गएको छ । शनिवार हुने नयाँ नेतृत्वको निर्वाचनका लागि उम्मेदवारहरुले मतदाताहरु लाई रिझाउने अभियान तीब्र पारेको छ ।

आम निर्वाचनकै झझल्को दिने गरि जसपा नेपालका नेताहरुले जिल्लाका शीर्ष नेता देखी मतदाता सम्मलाई रिझाउने अभियान चलाएका छन ।
नेताहरुले पदाधिकारीमा प्यानलै बनाएर चुनावी प्रचारलाई अघि बढाएका छन । प्यानल घोषणा गर्नेमा अध्यक्ष पदका प्रत्याशी रमेश कुमार यादव अग्रणी मोर्चामा देखिएका छन भने अन्य अध्यक्षका उम्मेदवारहरुले पनि प्यानल घोषणा गर्ने तैयारीमा जुटेको स्रोतले बताएका छ ।

नयाँ नेतृत्वको लागि अध्यक्ष पदमा धर्मबीर प्रसाद यादव, धर्मेन्द्र प्रसाद यादव, रमेश कुमार यादव र सुरेन्द्र प्रसाद यादवले उम्मेदवारी दिएका छन भने दुई जना उपाध्यक्ष पदका लागि सुरेन्द्र प्रसाद साह, मो. मुरतुजा अन्सारी, अरुण कुमार सिंह, सिवेन्द्र प्रताप सिंह , पुनम कुशवाहा र आननद प्रसाद यादवले उम्मेदवारी दिएका छन ।

त्यसै एक जना सचिव पदका लागि मुकेश कुमार पाण्डे, सिकेन्द्र दास र राम निवास प्रसाद यादवले उम्मेदवारी दिएका छन ।
दुई जना सहसचिवका लागि ६ जनाको उम्मेदवारी परेको छ । सहसचिवमा उम्मेदवारी दिनेहरुमा लक्ष्मीप्रसाद यादव , सिकेन्द्र दास, नन्दन गुप्ता, सुनैना कुमारी चौधरी , धनसुनर यादव र मोकादम मियाँ ठाकुरले उम्मेदवारी दिएका छन । यता एक जना कोषाध्यक्षका लागि विनोद प्रसाद यादव, शारदा यादव, सुमिन्त्रा देवी चौधरी र पवन सर्राफले उम्मेदवारी दिएका छन ।

५० जना सदस्यका लागि कुल ९२ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।

 

प्रकाशित मिति: २०८२ बैशाख १८, बिहिवार ०९:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको