जसपा नेपाल बाराको अध्यक्षमा रमेश विजयी



कलैया, वैशाख २२ । जनता समाजवादी पार्टी नेपाल बारा जिल्लाको प्रथम जिल्ला अधिवेशन बाट रमेश यादव विजयी भएका छन ।

यादवले २६९ मत प्राप्त गरि विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी धर्मविर प्रसाद यादवले १७५ मत प्राप्त गरेका छन । त्यसै गरि उपाध्यक्षमा शिवेन्द्र प्रताप सिंह र पुनम कुशवाहा विजयी भएका छन । उनिहरुले क्रमशः २५३ र २४६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी सुरेश प्रसाद साह १८९ र मो. मुरतजा अन्सारी १९९ मत प्राप्त गरेका छन ।

सचिवमा शम्भु कुमार गुप्ता २६१ मत प्राप्त गरि विजयी भएका छन भने उनका प्रतिद्वन्दी मुकेश कुमार पाण्डेले १९२ मत प्राप्त गरेका छन ।
सह सचिवमा सिकेन्द्र दास २७२ र नन्दन गुप्ता २४७ मत प्राप्त गरि विजयी भएका छन उनका प्रतिद्वन्दी धनसुनर यादव १४६ सुनैना कुमारी चौधरी १३५ मत प्राप्त गरेका छन ।

कोषाध्यक्षमा विनोद प्रसाद यादव २६८ मत प्राप्त गरि विजयी भएका छन भने शारदा यादव १६० मत प्राप्त गरेका छन ।

वैशाख १३ गते उद्घाटन भएको प्रथम जिल्ला अधिवेशनले सहमतिमा नयाँ नेतृत्व चयन गर्न नसकेपछि निर्वाचन प्रक्रियामा गएको थियो । शनिवार भएको मतदानको मतपरिणाम सोमवार विहान सार्वजनिक भएको छ ।

 

प्रकाशित मिति: २०८२ बैशाख २२, सोमवार ०८:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको