नेकपा एमाले धनुषाको नेतृत्वको लागि आज निर्वाचन हुँदै

अध्यक्षका लागि भोला र लक्ष्मी बीच प्रतिस्पर्धा


जनकपुरधाम, वैशाख २३ । नेकपा एमाले धनुषाको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुन लागेको छ । वैशाख २० गते बाट शुरु भएको एमाले धनुषाको आठौ जिल्ला अधिवेशनमा नेतृत्वको लागि सहमति हुन नसके पछि मतदान प्रक्रियामा गएको हो ।

कुल ६३४ मतदाता रहेको एमाले धनुषाको नेतृत्वको लागि विहान ९ बजे देखी मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

नयाँ नेतृत्वको लागि अध्यक्ष पदमा भोला यादव र लक्ष्मी नारायण यादवले उम्मेदवारी दिएका छन । भने एक जना उपाध्यक्ष पदका लागि जयप्रकाश सुनरैत यादव र तेजनारायण यादवले उम्मेदवारी दिएका छन ।

त्यसै गरि सचिव पदका लागि दिपनारायण ठाकुर (दिपन) र धिरेन्द्र कुमार मण्डलले उम्मेदवारी दिएका छन भने दुई जना उपसचिवका लागि सविन विक्रम थापा , सुरेश ठाकुर र हरिकिशोर यादवले उम्मेदवारी दिएका छन । त्यसै दुई जना महिला उपसचिवका लागि किरण कापर, रुका कुमारी मिश्र र सारदा घिसिङ्गले उम्मेदवारी दिएका छन ।

सदस्यहरुलाई विभिन्न २२ वटा कल्स्टरमा उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

नयाँ नेतृत्वको लागि भोला यादव र लक्ष्मी यादव बीच प्यानलमै प्रतिस्पर्धा हुने स्रोतले जनाएको छ ।

 

प्रकाशित मिति: २०८२ बैशाख २३, मंगलवार ०८:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको