‘एक घर, एक धारा’ कार्यक्रमबाट १६ हजार लाभान्वित



गण्डकी, वैशाख २४ । कास्कीको रुपा गाउँपालिकामा ‘एक घर, एक धारा’ कार्यक्रम कार्यान्वयन भएपछि खानेपानी समस्या समाधान भएको छ ।

सोह्र हजार जनसङ्ख्या रहेको उक्त पालिकामा सङ्घ र प्रदेशका साथै अन्य सामाजिक सङ्घसंस्थाको सहयोगमा उक्त कार्यक्रम कार्यान्वयन भएको पालिका उपाध्यक्ष लालसुब्बा गुरुङले जानकारी दिनुभयो ।

गाउँपालिकाले खानेपानीलाई व्यवस्थित र दीर्घकालीन बनाउन कार्यविधि बनाएर मुहान दर्ता प्रक्रिया अघि बढाएको छ । पालिकामा हालसम्म आठवटा मुहान दर्ता भएका उहाँले बताउनुभयो ।

प्रकाशित मिति: २०८२ बैशाख २४, बुधबार १०:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको