लालपूजा माग्दै तेश्रो चरणको आन्दोलन कार्यक्रम घोषणा

वडा/वडामा उप समिति, उधोग बाणिज्य संघको एक्यबद्धता


राजविराज, बैशाख २४। ब्लक, विटौरी जग्गाको लालपूर्जा सहित विभिन्न ८ बुदे माग अघि सार्दै आन्दोलनरत राजविराज नगरवासीले तेश्रो चरणको आन्दोलन कार्यक्रम सार्वजनिक गरेका छन ।

नगरवासीद्वारा गठित संर्घष समितीको बुधवार वसेको बैठकले प्रथम र दोश्रो चरणका आन्दोलन कार्यक्रमको समिक्षा र अहिले सम्म माग प्रति सरोकारवाला निकायले देखाएको चासो समेतको अवस्थालाई मध्यनजर गर्दै तेश्रो चरणको आन्दोलन कार्यक्रम तय गरेको संघर्ष समितीका संयोजक इरसाद अन्सारीले जनाएका छन ।

प्रथम चरणमा बजार बन्द, विरोध प्रर्दशन तथा दोश्रो चरणमा नगरभरी कालो झण्डा झुण्ड्याउने, नापी र नगरपालिका कार्यालयमा धर्ना र मुख्य चौकमा हस्ताक्षर संकलन अभियान चलाएको समितिले तेश्रो चरणमा राजविराज स्थापनाकालमा कायम भएको तत्कालिन १० वटा वडामा घरदैलो हस्ताक्षर संकलन तथा प्रत्येक घरधुरी परिवार वसोवास गर्दै आएको जग्गाको कागजात संकलन गर्ने निर्णय गरेको छ ।

यसका लागी वडा नं.२ मा अजय सिंह, वडा नं.३ मा कौशर अली, वडा नंं ४ मा श्याम शर्मा, वडा नं ५ मा सतिष चन्द्र झा (मदन)लाई संयोजकको जिम्मेवारी दिइएको छ ।

यस्तै वडा नंं ६ मा राजकुमार चौधरी, वडा नंं ७ मा माँगीलाल नाई, वडा नंं ८ मा राजकुमार परियार, वडा नं. ९ मा सुब्बी यादव र वडा नं. १० मा विष्णू देव यादवलाई संयोजकको जिम्मेवारी दिइएको संघर्ष समितिका प्रवक्ता अनिल देवले जानकारी दिए ।
प्रत्येक वडामा एक जना संयोजक र ७ जनालाई सदस्य तोकिएको छ । यता नगरवासीको आन्दोलन जारी रहदा प्रमुख जिल्ला अधिकारी भोला दाहालले चासो देखाउदै संघर्ष समिती संग वार्ता समेत सूरु गरेको छ ।

वार्ता सकारात्मक ढंगले अघि बढेको संघर्ष समितीका संयोजक अन्सारीले जानकारी दिए । यस अघि नगरवासीको उक्त समस्यालाई लिएर प्रतिनीधी सभा साँसद रञ्जु ठाकुर, दिनेश कुमार यादव, मृगेन्द्र कुमार सिह यादव तथा प्रदेश सभासभा साँसद किरण कुमारी साहले पटक÷पटक जोडदाररुपमा सदनमा कुरा उठाउन थाले पछि सम्बन्धित मन्त्रालयले पनि चासो देखाउन थालेको संघर्ष समितिले जनाएको छ ।

यसैबीच बुधवार नै सप्तरी उधोग बाणिज्य संघका अध्यक्ष लालु प्रसाद अग्रवालको अध्यक्षतामा बसेको पदाधिकारी एवं उधोगी ब्यवसायीहरुको बैठकले संघर्ष समितीद्वारा जारी आन्दोलनमा एक्यवद्धता जनाउदै जारी आन्दोलनमा उधोगी व्यवसायीहरुलाई पनि सहभागी हुन आह्वान गरेको छ ।

उधोग बाणिज्य संघका अध्यक्ष अग्रवालले नगरको ब्लक, विटौरी र बाटो मापदण्ड लगायतको जग्गाको लालपूर्जा लामो समय देखी वितरण नहुदा उधोगी ब्यसायी मारमा परेको र यहाँको ब्यापार व्यवसाय समेत प्रभावित बनेको भन्दै जारी आन्दोलनमा सबै उधोगी व्यवसायीले पनि साथ दिने निर्णय भएको जानकारी दिएका छन ।

२०१६ सालमा राजविराज नगरपालिका स्थापनाकाल देखि नै नगरको मुख्य सडक मेनरोड तथा भित्री सडकको दायाँ÷बायाँ रहेका ७० विगहा क्षेत्रफलमा बसोबास गर्दै आएका ५ हजार २ सय परिवार बर्षौदेखि जग्गाधनी पुर्जा विहिन छन् ।
नगरपालिकाबाट नक्सापास तथा मालपोत कार्यालयबाट विगत ८ बर्षदेखि रोक्का प्रकृया बन्द गरिएपछि उनीहरु मार्कामा परेका हुन् ।

जग्गा वापत नगरपालिकाबाट पाएको बिटौरी रसिदका आधारमा बसोबास गर्दै आएका राजविराजबासी विगतमा समस्या परेका बेला सोही बिटौरी रसिदमा उल्लेखित जग्गा बैंक तथा वित्तिय संस्थामा धितो राखि ऋणकर्जा लिदै आएका थिए तर, हाल उनीहरु अहिले सो सेवा सुविधाबाट बञ्चित भएका छन् ।

संघर्ष समितिले ब्लक र बिटौरी जग्गाको लालपुर्जाका साथै हटियामा निर्माणाधिन व्यवसायिक कम्पलेक्सको निर्माण कार्य अविलम्व सकाएर व्यवसायीलाई हस्तान्तरण, नाका क्षेत्रमा बर्षौ देखि बन्द रहेका छोटी भन्सार कर्यालयहरुको पुनर्संचालन लगायतका ८ बुदे माग अघि सार्दै विगत २ महिनादेखि आन्दोलित छन् ।

प्रकाशित मिति: २०८२ बैशाख २४, बुधवार १८:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको