पाँच शताब्दी पुरानो गुम्बा जीर्णोद्धार



मुस्ताङ, वैशाख २५ । थासाङ गाउँपालिका–२ सौरु गाउँमा रहेको पाँच सय वर्ष पुरानो सौरु गुम्बा जीर्णोद्धार भएको छ ।

पोखरा निवासी समाजसेवी मदन र बालकुमारी गौचन दम्पतीले रु २२ लाख ५० हजार खर्चेर गुम्बा जीर्णोद्धार गराउनुभएको हो ।

गुम्बा संरक्षण व्यवस्थापन समितिका अध्यक्ष सुवर्ण गौचनका अनुसार जीर्ण भएको गुम्बाको भित्री र बाहिरी भागमा मर्मतसम्भार गरिएको छ । गुम्बा परिसरमा ढलान गरिनाका साथै बिजुलीको व्यवस्था भएको छ । गुम्बा जीर्णोद्धारसँगै शौचालयलागयत अत्यावश्यक संरचना पनि निर्माण भएका छन् ।

प्रकाशित मिति: २०८२ बैशाख २५, बिहीबार ११:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको