सर्लाही, वैशाख २६ । सर्लाहीको बलरा नगरपालिका-१० सुदामामा दुई पक्षबिच झडप हुँदा दर्जनौं घाईते भएका छन।
झडपमा मुकेश पासवान , ज्वाइँ बिरेन्द्र पासवान(हरहिया बिहार) सतलाल पासवान, रुपेश पासवान र रुपेश पासवानकी श्रीमती पुजा देवि सहित दर्जनौं घाईते भएका छन।
घाईतेमध्ये बिरेन्द्र पासवानको अवस्था गम्भीर रहेको छ। बिरेन्द्रको नाकको बन फ्याक्सर भएको छ। वहाँलाई बिरगंज रेफर गरीएको छ। बाकीको उपचार प्रादेशिक अस्पताल मलंगवामा भईरहेको छ।
मुकेशको घरमा वैवाहिक कार्यक्रम रहेको हुँदा डिजे बजाईरहदा बिपक्षी सुबोध पासवान सहितको समुहले डिजे बजाउन रोके पछि बिवाद भई झडप भएको प्रहरीले जनाएको छ।
घटना बारे अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गडहिया डुमरियाका ईन्स्पेक्टर उज्ज्वल कार्कीले बताए।




