जनकपुरधाम, वैशाख ३० । मधेश प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले अधुरो योजनाहरुलाई पूर्णता दिने गरि नीति तथा कार्यक्रम ल्याउन मधेश सरकारलाई आग्रह गरेको छ ।
पूर्व मन्त्री साहले मधेश सरकारलाई आग्रह गर्दै भनेका छन ,‘ मधेश प्रदेश सरकारको आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम चाँडै सार्वजनिक हुँदैछ । यस सन्दर्भमा, पूर्ववर्ती सरकारका विभिन्न मन्त्रालयहरू अन्तर्गत अर्बौंको लगानीमा सञ्चालनमा आएका तर अधुरो अवस्थामा रहेका सयौं योजनाहरूको समुचित सूचि तयार गरी ती योजनाहरूलाई प्राथमिकताका साथ पूर्णता दिने नीति तथा कार्यक्रम ल्याउनका लागि हार्दिक अनुरोध गर्दछु ।’
मधेश टुडे संग कुरा गर्दै उनले सरकारको अरबौ लगानी भएपनि अलपत्र परेका योजनाहरुलाई समयमै पूर्णता दिईए जनताले अपेक्षित लाभ लिन सक्ने विश्वास व्यक्त गरेका छन ।
पछिल्लो समयमा पूर्ववर्ति सरकारको विकासे योजना अलपत्र पार्ने प्रवृति बढेको भन्दै यस्ता प्रवृतिले प्रदेशको हित हुन नसक्ने उनले बताए ।
पूर्ववर्ति सरकारहरुले अगाडी बढाएका योजनाहरु अलपत्र पर्दा प्रदेश सरकारको अरबौ लगानी खेर जाने अवस्थामा पुगेको छ ।






