आमा र भाइले भ्रम सृजना गर्न खोजेको शिवको प्रष्टोक्ती



राजविराज, बैशाख ३० । विष्णुपुर गाउँपालिका ६ निवासी शिव कुमार यादवले एक सहकारी संस्था संग लिइएको ऋण प्रकरणमा आमा र भाईले पत्रकार सम्मेलन गरी आफुमाथी लगाएको आरोप असत्य रहेको तथा भ्रम सृजना गर्ने प्रयास भएको दाबी गरेका छन ।

मंगलवार एक प्रेस विज्ञप्ती जारी गर्दै उनले यस्तो दाबी गरेका हुन । अघिल्लो दिन सोमवार उनका आमा शम्भु देवी यादव र कान्छो भाई सचिनले पत्रकार महासंघको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी शिवले आफुुहरु संग कुनै सल्लाह र सहमती नै नलिई यहाँ स्थित आईडीयल सहकारी संस्था लिं.संग मिलोमतो गरी १ करोड रुपैया ऋण निकालेको र अहिले सो जग्गा लिलामी प्रक्रियामा जाँदा आफुहरुको विचल्ली भएको गुनासो गरेका थिए ।

शिवले भने मंगलवार प्रेस विज्ञप्ती मार्फत उक्त आरोपको प्रतिपाद गरेका छन । विज्ञप्तीमा गलत बाटोमा लागेका भाई सचिनले उक्सााएर आमालाई आफु विरुद्ध उभ्याएको उनको उल्लेख गरेका छन । वुवा कुसुमलाल जीवीत रहेकै बखत २१ कठ्ठा १७ धुर जग्गा म जेठो छोरा समेतलाई थाह नै नदिई मेरा दिदीको नाममा दानपत्र गरिदिएको र उल्टै मैले आर्जन गरेको सम्पती माथी समेत कब्जा गर्न भाई र आमाले संयुक्तरुपमा सप्तरी जिल्ला अदालतमा अंश मुद्दा चलाएको उनले विज्ञप्तीमा उल्लेख गरेका छन ।

उनले आईडियल सहकारी संस्था लि.बाट लिएको १ करोड ऋण आफुले नभई आमा बुवा र भाई कै सल्लाहमा तीन दिदी/बहिनीको विवाह गर्ने बेला जग्गा धितो राखी निकालिएको दाबी गर्दै अहिले आएर बोली फेरेको प्रेस विज्ञप्तीमा उल्लेख गरेका छन ,।

ऋण लिएपछि आफुहरुलाई ललाई फकाई सही छाप गराइएको भनी अघिल्लो दिन पत्रकार सम्मेलनमा आमा र भाईले लागएको आरोपको पनि प्रतिपाद गर्दै उनले सबैको सहमतीमा ऋण लिइएको तथा केही वर्ष सम्म स्वयम आमा र बुआले नै ब्याज तिर्दै कर्जा नविकरण गराएको विज्ञप्तीमा उल्लेख गरेका छन ।

उनले आमा र भाइले आफुहरुको नाममा अब कुनै सम्पती छैन भनेर गरेको दाबी पनि असत्य रहेको भन्दै अहिले पनि आमाको नाममा काठमाण्डौको चापाँगाउँमा ७ आना, सप्तरीको विष्णुपुृर गाउँपालिका ६ मा ८ धुरको जग्गा सहित एक तल्ले पक्की घर र २ विगाहा भन्दा बढी कृषी योग्य जग्गा रहेको विज्ञप्ती मार्फत सार्वजनीक गरेका छन ।

उनले समस्याका वेला पुरै परिवारको सहमतीमा लिइएको ऋणको भार अहिले आएर आफुमात्र लाई बोकाउने अनि चरित्र हत्या समेतको प्रयास भएको विज्ञप्तीमा उल्लेख गरेका छन ।

यस्तै विज्ञप्ती मार्फत उनले आफ्नै भाई सचिनबाट आफनो नाबालक छोराको अपहरण गर्ने धम्की समेत आउन थालेको जनाउदै स्थानीय प्रशासन संग शान्ति सुरक्षाको माग समेत गरेका छन ।

प्रकाशित मिति: २०८२ बैशाख ३०, मंगलवार १९:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको