सडकमा खाल्डै खाल्डाले हैरानी



राजविराज, बैशाख ३० । राजबिराज नगर क्षेत्रमा बिभिन्न सडकमा परेका खाल्डाले साना ठुला सवारी साधन आवतजावतमा सकस हुने गरेको छ ।

राजबिराज वडा ३ स्थित राजदेबी रोड, राजबिराज ८ स्थित रुपनी बस स्टेन्ड , राजबिराज ४ स्थित फुटकर लाईन र माछा बजार सम्म जाने सडक लामो समय देखी जिर्ण अबस्थामा छन,। जसकारण चालक र यात्रुले सास्ती खेप्नु परेको हो। यी सडक खण्डहरुमा त हतपत अटो र सिटी रिक्सा जान पनि मान्दैनन, कोही कोही चालक जान तयार भएपनि भाडा बढी माग्ने तथा दर्जनौ खाल्डा खुल्डीका कारण गनतब्य पुग्न पनि निकै समय लाग्ने गरेको यात्रुको गुनासो छ ।



उल्लेखित सडक खण्डको दर्जनौ स्थानमा खाल्डा परेकै कारण गाडी चलाउन पनि समस्या हुने गरेकाले हतपत त्यसमार्गका यात्रु न बोक्ने गरेको सिटी रिक्शा चालक राजविराज ६ निवासी भोला साहको कथन छ । सडकका दर्जनौ ठाउँमा खाल्डा परेकै कारण गाडी चलाउन पनि अप्ठ्यारो हुन्छ, चालक साहले भने–“ गाडी धेरै हल्लिने भएकाले यात्रु र विरामीलाई असहज हुने गरेकाले हतपत त्यस रुटका यात्रु लिदैनौ ।”

यस रुटमा कमै गाडी चल्दा यात्रुहरु मारमा पर्ने गरेको राजविराज ८ निवासी राजकुमार परियारको भनाई छ । खाल्डा खुल्डी कै कारण आरामदायी सवारी साधान चल्न छाडेको भन्दै उनले यस तर्फ कसैको ध्यान न पुगेको गुनासो समेत गरे । कतै ठेकेदार, कतै सडक विभाग त कतै स्थानीय सरकारको लापरवाहीका कारण समय मै सडक नबन्दा यात्रुलाई सास्ती भोग्नु परिरहेको राजविराज ४ का वसन्त साहले सुनाए । उनले यस मार्गबाट विरामी लान पनि कठीन भएको बताए ।

ठेकेदार कम्पनीले अधुरै र अलपत्र छाडने र सम्बन्धित निकायले पनि चासो न दिदा यात्रुको बेहाल हुने गरेको भन्दै स्थानीयले अविलम्ब जीर्ण सडकको मरमत सम्भार हुनु पर्ने माग गरेका छन ।

प्रकाशित मिति: २०८२ बैशाख ३०, मंगलवार १९:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको