बेरुजुमा मधेश प्रदेश नम्वर वन



जनकपुरधाम, जेठ १ । मधेश प्रदेश सरकार बेरुजुमा एक नम्वर प्रदेश कायम भएको छ। प्रदेश सरकारहरूमध्ये सबैभन्दा धेरै बेरुजु मधेश प्रदेशको रहेको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको गत आर्थिक वर्षको लेखापरीक्षण अनुसार सवै प्रदेशमध्ये मधेश प्रदेशको बेरुजु सबैभन्दा धेरै देखिएको छ ।

गत आर्थिक वर्षमा प्रदेश सरकारतर्फ लेखापरीक्षण अंकको तुलनामा १.३६ प्रतिशत बेरुजु कायम भएकोमा सबैभन्दा बढी मधेश प्रदेशको २.५७ प्रतिशत रहेको महालेखाको प्रतिवेदनले देखाएको छ । त्यस्तै, सबैभन्दा कम बेरुजु बागमती प्रदेशको ०.८२ प्रतिशत रहेको छ ।

त्यस्तै, स्थानीय तहहरूको लेखापरीक्षण अंकको तुलनामा २.२६ प्रतिशत बेरुजु देखिएको महालेखाले औँल्याएको छ । जसमध्ये ५ प्रतिशत भन्दा कम बेरुजु हुने स्थानीय तहको संख्या ६९२ वटा र ५ देखि १५ प्रतिशत बेरुजु हुने स्थानीय तहको संख्या ६८ वटा रहेको छ ।

प्रकाशित मिति: २०८२ जेष्ठ १, बिहिवार ०६:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको