सडकको खाल्डोमा डुबेर दुई बालकको मृत्यु



जनकपुरधाम , जेठ ६ । निर्माणाधीन सडकको खाल्डोमा जमेको पानीमा डुबेर धनुषामा दुई बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा कमला नगरपालिका –२ सराबे टोलका रामबाबु साहका ७ वर्षीय छोरा रितिक साह र उनकै भाइ श्यामबाबु साहका ५ वर्षीय छोरा रितिश साह छन् ।



नवनिर्मित कृषि बाटोको छेउमा रहेको खाल्डोमा जम‌ेको पानीमा मंगलबार दिउँसो दुवै जना बालकको डुबेर मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

करिब १५ दिन अगाडि मात्र निर्माण भएको वडा नम्बर २ को सराबे टोलस्थित कृषि सडक बनाउन थालिएको थियो । खनेको खाल्डोमा वर्षाको पानी जमेको थियो ।

घरबाट खेल्न निस्केका दाजुभाइ अबेरसम्म घर नआएपछि खोजतलास गर्ने क्रममा खाल्डोमा तैरिरहेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०८२ जेष्ठ ६, मंगलवार १९:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको