श्रीमतीको हत्या आरोपमा फरार श्रीमान् पक्राउ



जनकपुरधाम, जेठ ८ । श्रीमतीको हत्या आरोपमा धनुषा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका बनिनियाँका हरिराम यादवलाई पक्राउ गरेको छ ।

उनी करिब तीन महिनादेखि फरार थिए । गत १७ फागुनमा उनकी श्रीमती २० वर्षीया अञ्जली यादवको शव घरकै पूजा कोठामा गाडिएको अवस्थामा फेला परेको थियो ।



हरिराम र अञ्जलीकी १० महिनाकी छोरीको अवस्था पनि सोही दिनदेखि अज्ञात छ । श्रीमतीसँग विवाद गरिरहने, कुटपिट गरिरहने हरिराम घटनापछि फरार रहेकाले उनैले हत्या गरेको आशंका गरिँदै आएको छ ।

धनुषा प्रहरीले बिहीबार दिउँसो पत्रकार सम्मेलन गरेर हरिरामलाई सार्वजनिक गर्ने तयारी गरेको छ । धनुषाका प्रहरी प्रमुख एसपी नरहरि रेग्मीले पत्रकार सम्मेलनमार्फत् घटनाको विस्तृत विवरण सार्वजनिक गरिने बताए ।

प्रकाशित मिति: २०८२ जेष्ठ ८, बिहीबार १४:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको