लोकसेवा परीक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम



राजविराज, जेठ ८ । राज्यको मुल प्रवाहीकरणमा मधेसी समुदायको उल्लेख्य सहभागिता तथा जनसंख्याको अधारमा लोकसेवा मार्फत जनसहभागीता र विभिन्न कुलतबाट युवाहरुलाई जोगाउने उद्देश्यका साथ सप्तरीको राजगढ गाउँपालिकामा सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ ।

बिहिवार जनचेतनामूलक नैतिकवान मधेस तथा सशक्त नैतिक शिक्षा कार्यक्रम अन्तर्गत लोकसेवा परिक्षा तयारी सम्बन्धि अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो ।



कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले पोलिटब्युरो सदस्य तथा पुर्व राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेलले विगतमा मधेसी समुदायको प्रतिनिधित्व नेपालको पहाडी तथा हिमाली जिल्लाहरु उल्लेख्य संख्यामा विद्यालयहरुमा गणित र विज्ञानको शिक्षक र प्राविधिक लगायतका क्षेत्रमा रहदै आएकोमा अहिले सो अवस्था नरहेको भन्दै चिन्ता व्यक्त गरे ।

मधेसी आयोग ज्वागल ललितपुरको आयोजना तथा राजगढ गाउँपालिकाको सहकार्यमा कक्षा ११ मा अध्यनरत विद्यार्थीहरुलाई लक्षित गरि आयोजित कार्यक्रममा सहभागि विद्यार्थीहरुलाई प्रशिक्षणको व्यवस्था समेत मिलाइएको थियो । मधेसी आयोगका सदस्य अभासेतु सिंहको अध्यक्षतामा आयोजित अभिमुखिकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, वरिष्ठ प्रहरी उपरिक्षक गोपाल चन्द्र भट्टराई, प्रहरी निरिक्षक राकेश राई, मनिष श्रेष्ठ, राजगढ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार झा लगायतले प्रशिक्षण दिएका थिए ।

सो अवसरमा गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डल र उपाध्यक्ष रेणु कुमारी मण्डल समेतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०८२ जेष्ठ ८, बिहीबार १९:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको