नेपालका साथै भारतीय नागरिक समेतको रोजाईमा मलेठको आँखा अस्पताल

जनशक्ति र पूर्वाधारको अभावमा सेवा विस्तारमा चुनौती


राजविराज, जेठ ११ । सप्तरी आसपासका साथै सिमावर्ती भारतीय क्षेत्रका अधिकाँस नागरीक विभिन्न स्वास्थ्य समस्या भएपछि उपचारका लागी धरान, विराटनगर तथा भारतको दरभंगा, पटना देखी दिल्ली सम्म पुग्ने गरका छन । तर आखाँको उपचारका लागी भने उनीहरुको पहिलो रोजाई राजविराज नै पर्ने गरेको पाइएको छ ।

राजविराज ९ मलेठ स्थित आखाँ उपचार केन्द्र यसरी रोजाईमा पर्ने गरेको अस्पताल हो । २०५८ सालमा स्थापना गरिएको आखाँ उपचार केन्द्रमा नेपाल लगायत भारतबाट समेत उल्लेख्य संख्यामा विरामीहरु आखाँ उपचारका लागी आउने गरेको आईतवार सार्वजनिक गरीएको तथ्याँकले देखाएको छ ।



सगरमाथा चौधरी आखाँ अस्पताल लहानद्वारा २ दशक अघि पुर्वावाञ्चल क्षेत्रिय आखाँ उपचार कार्यक्रम अन्तर्गत उक्त केन्द्रको स्थापना गरिएको थियो । सूरु सूरुमा आखाँको सामान्य उपचार गरिने र जटिल प्रकृतिका रोगीलाई लहान स्थित चौधरी आखाँ अस्पताल लगी उपचार गरिने गरिएकोमा हाल ३० शैयाको अस्पतालको रुपमा विकास गरी विशेषज्ञ चिकित्सक टोलीद्वारा मोतियाविन्दुको शल्यक्रिया समेतको सेवा विस्तार गरिएपछी उपचारका लागी आउने विरामीहरुको घुईचो लाग्ने गरेको केन्द्रका प्रमुख एवं नेत्र अधिकृत डा.रामकुमार झाको भनाई छ ।

यहाँ दैनिक १ सय ५० देखी २ सय २५ जना सम्म विरामी उपचारका लागी आउने गरेका छन । यसरी आउने विरामीमा २५ प्रतिशत भन्दा बढी सीमावर्ती भारतीय क्षेत्रका नागरीक हुने गरेको नेत्र अधिकृत झा बताउँछन । भारतमा उपचार सेवा महँगो हुने, सेवा लिन निकै झन्झटीलो हुने तथा यस केन्द्रले उपचारमा विश्वसनियता स्थापित गरीसकेकाले भारतीय नागरिक पनि यतै आउन थालेको सहायक नेत्र अधिकृत अनुराधा साहले सुनाईन ।

केन्द्रबाट सन २०२४ जनवरी देखी २०२४ डिसेम्बर सम्मको १ वर्षको अवधीमा २८ हजार विरामीले उपचार सेवा प्राप्त गरेका छन । जसमध्ये १ हजार ३ सय ५ जना मोतियाबिन्दुका विरामीको सल्यक्रिया गरिएको केन्द्रको तथ्याँकले देखाएको छ ।
यस्तै २०२५ जनवरी देखी हाल सम्म ५ महिनाको अवधीमा १० हजार ३ सय ७० जना विरामीले आखाँ सम्बन्धि रोगको उपचार सेवा प्राप्त गरेका छन । जसमध्ये ५ सय ५६ जनाको मोतियाबिन्दु विरामीको सफल शल्यक्रिया गरीएको केन्द्रका कम्प्युटर अपरेटर एवं रेकर्ड शाखाका कर्मचारी सुमित कर्णले जानकारी दिए । लहान स्थित चौधरी आखाँ अस्पतालबाट आउने विशेषज्ञ सहितको चिकित्सक टोलीले शल्यक्रिया उपचार सेवा प्रदान गर्ने गरेको केन्द्रका प्रमुख झाको भनाई छ ।

“नेपालबाट अन्धोपन हटाउने अभियानमा छौ, उनले थपे–यस क्रममा विभिन्न समयमा विद्यालय र मदरसाहरुमा समेत पुगेर आखाँको निःशुल्क उपचारका साथै आखाँको रोगबाट बच्ने उपायबारे प्रशिक्षण र सचेतना कार्यक्रम संचालन गर्ने गरेका छौ ।”
उपचारका लागी आउने विरामीको चाप बढदै गएपछि व्यवस्थापनमा भने चुनौती थपिएको केन्द्रका प्रमुख झाको कथन छ । उनले हाल केन्द्रमा १ जना नेत्र अधिकृत, १ जना सहायक नेत्र अधिकृत गरी १० जना कर्मचारी कार्यरत रहेको बताए ।
भिजन परिक्षण, सुरक्षागार्ड र काउन्सिलीङ्ग विभाग तर्फ थप जनशक्तीको अभाव छ , उने भने–“साधन श्रोत र जनशक्ती थपिए अझ प्रभावकारी ढंगले सेवा प्रदान गर्न सक्षम हुने थियौं।”

उक्त केन्द्र १४ कठ्ठा जग्गामा पैmलिएको छ । तर प्रयोगमा ८ कठ्ठा जग्गा मात्रै रहेको उनले जानकारी दिए । विरामीको चाप बढदै गएपछी कम्तीमा ५० शैयाको रुपमा केन्द्रबाट सेवा विस्तार गर्नू पर्ने आवश्यकता छ । यसका लागी जग्गा पनि प्रशस्त छ । तर बजेटको अभावमा थप संरचना निर्माण गर्न न सकिएको उनले सुनाए ।

“बजेटको अभावमा केन्द्रको नाममा रहेको १४ कठ्ठा जग्गालाई पर्खालले घेरवार पनि गर्न सकिएको छैन, उनले भने– जसकारण सुरक्षा चुनौती पनि देखिएको छ । उनले यस केन्द्रबाट सेवाहरुलाई थप प्रभावकारी बनाउन केही उपकरण, जनशक्ती, थपशैयया, संरचना निर्माण र खुल्ला रहेको जग्गामा पर्खालको घेरवार गर्न आवश्यक रहेको भन्दै यसका लागी स्थानीय, प्रदेश र संघिय सरकारले पनि सहयोग गर्नू पर्ने आवश्क्ता औल्याए ।

नेपाल र भारतबाट समेत उल्लेख्य संख्यामा विरामीहरु आउने गरेकाले केन्द्रको स्तरोन्नतीका लागी तिन वटै तहका सरकारले पनि सहयोग गर्नु पर्ने स्थानीयले मागँ गरेका छन ।

प्रकाशित मिति: २०८२ जेष्ठ ११, आईतवार १७:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको