आगलागीका कारण क्यानाडामा २६ हजार भन्दा बढी विस्थापित



एजेन्सी, जेठ १९ । क्यानाडाली अधिकारीहरूले क्यानडाको जङ्गलमा लागेको आगलागीका कारण क्यानाडामा तीन प्रान्तका २६ हजार भन्दा बढी बासिन्दाहरू विस्तापित भएको जनाएका छन् । उनीहरुका अनुसार आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

शनिबार सम्म म्यानिटोबामा लगभग १७ हजार अल्बर्टामा एक हजार ३०० र सास्काचेवानमा करिब आठ हजार मानिसहरूलाई त्यहाँ बाट सुरक्षित स्थानमा स्थानान्त्रण गरिएको जनाइएको छ । अधिकारीहरूले विस्थापितको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन् ।

आगलागीका कारण क्यानाडामा उत्यन्न धुवाँले  र अमेरिकाका केही सीमावर्ती राज्यहरूमा वायु प्रदूषण बढाएको जनाइएको छ ।

अमेरिकाका केही भागहरू उत्तरी डकोटा, मोन्टाना, मिनेसोटा र दक्षिण डकोटाका क्षेत्रहरूमा हावाको गुणस्तर खतराको स्तरमा पुगेको जनाएइको छ ।

प्रकाशित मिति: २०८२ जेष्ठ १९, सोमवार १३:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको