मिर्चैया प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट



श्याम ठाकुर
सिरहा, जेठ २० । मिर्चैया प्रहरीद्वारा अवैध अवैध घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ। मिर्चैया नगरपालिका वडा नं.०७ फुलवरिया टोल स्थित मिचैंया देखी कटारी जाने सडक खण्डमा नामथर नखुलेको एक जना पुरुषको साथ बाट नियन्त्रणमा लिएको अवैध मदिरा प्रहरीले नष्ट गरेको हो ।

मिर्चैया प्रहरीद्वारा अवैध रुपमा उत्पादित घरेलु मदिरा विक्री गर्ने उद्देश्यले झोलामा बोकी पैदल आउदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय मिर्चैयाको टोलीले नियन्त्रणमा लिएको थियो । ईलाका प्रहरी मिर्चैया टोली गस्ती गर्दै गईरहेको अवस्थामा प्रहरी टोलीलाई देख्नासाथ सो घरेलु मदिरा फाली भागी फरार भएको थियो ।



१० थान प्लाष्टिकको बोतलमा रहेको जम्मा २० (बिस) लिटर घरेलु मदिरा ईलाका प्रहरी कार्यालय मिर्चैया स्थानिय जनप्रतिनिधी र पत्रकार समेतको रोहवरमा कार्यालयको परिसरमा खाल्डो खनी नष्ट गरेको ईलाका प्रहरी कार्यालय मिर्चैया प्रमुख राजेश राज पुरिले जानकारी दिएका छन ।

प्रकाशित मिति: २०८२ जेष्ठ २०, मंगलवार १६:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको