बैंग्लोर स्थित चिन्नास्वामी रंगशाला अगाडी भग्दौड, १०को मृत्यु



एजेन्सी, जेठ २१ । भारत बैंग्लोर स्थित चिन्नास्वामी रंगशाला अगााडी भग्दौड हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ ।

हिजो मात्रै आइपिएल उपाधी जितेका रोयल च्यालेञ्जर बैंग्लोर टिम उपाधी सहित विजयी परेडका लागि बैंग्लोर स्थित चिन्नास्वामी रंगशाला पुगेको बेला रंगशाला अगाडी समर्थकहरुको भीड भएपछि भग्दौड मचेको थियो । सो क्रममा १० जनाको मृत्यु भएका छन भने दुई दर्जन भन्दा बढी व्यक्ति घाइते भएको समाचार माध्यमहरुले जनाएको छ ।

घटना पछि आईपीएलमा पहिलो पटक च्याम्पियन बनेको आरसीबी टोलीको उत्सव शोकमा परिणत भएको छ ।
समाचार एजेन्सी रोयटर्सले टिभी च्यानलहरूलाई उद्धृत गर्दै भागदौडमा १० जनाको मृत्यु भएको बताएको छ। साथै, २५ भन्दा बढी घाइते भएको जनाएको छ ।

१८ वर्षमा पहिलो पटक रोयल च्यालेन्जर्स बैंगलोरले आईपीएलको उपाधि जित्न सफल भएको छ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिएको फाइनल खेलमा आरसीबीले पञ्जाब किंग्सलाई ६ रनले पराजित गरेको थियो ।

प्रकाशित मिति: २०८२ जेष्ठ २१, बुधवार १९:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको