मधेश सरकार शुक्रबार नीति तथा कार्यक्रम ल्याउँदै



जनकपुरधाम , जेठ २२ । मधेश सरकार शुक्रबार नीति तथा कार्यक्रम ल्याउँदै छ । मधेशको प्रदेश सभामा प्रदेश प्रमुख सुमित्रा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ ।

कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन लागिएको नीति आयोग मधेशका उपाध्यक्ष डा सोहन प्रसाद साहले बताए । उनका अनुसार पहिलाको भन्दा फरक नीति तथा कार्यक्रमहरू ल्याउन लागिएको हो । ‘इन्टर कनेक्टेड वे’ मा नीति तथा कार्यक्रम ल्याउन लागिएको उनको भनाइ छ ।

विशेषत शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीमा व्यवसायीकरण गर्ने काम प्राथमिकतामा राखिएको उनको भनाइ छ । आन्तरिक उत्पादन बढाउँदै युवाहरूको रोजगारीलाई प्राथमिकतामा राखेर योजनाहरू तयार पारिको उनले बताए ।

प्रकाशित मिति: २०८२ जेष्ठ २२, बिहिवार १७:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको