सिरहाबाट लागूऔषध सहित एक जना पक्राउ



श्याम कुमार ठाकुर
सिरहा, जेठ २२ । सिरहाबाट ठूलो परिमाणमा लागूऔषध सहित एकजना कारोबारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिरहा प्रहरीले लहान नगरपालिकाको छुट्टाछुट्टै स्थानबाट लागूऔषध र एक कारोबारीलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार, मंगलबार लहान नगरपालिका–४ कुमाल टोलमा वेवारिसे अवस्थामा बोरामा केही समान सहित मोटरसाइकल बरामद भएको थियो । त्यसलाई खोलेर हेर्दा अनरेक्स नामक १ सय ९३ बोतल लागूऔषध भेटिएको प्रहरीले जनाएको छ ।



लागूऔषध र मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका सिरहा प्रहरीले लहान नगरपालिका-१९ का २२ वर्षीय मोहम्मद नसरूल यसको धनि रहेको खुलेको र उनलाई पनि सोही दिन दिउँसो लहानबाट पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले बताए ।

डीएसपी पासवानका अनुसार, गोप्य सूचनाका आधारमा उनलाई प्रहरीले पछ्याएको थियो । तर, प्रहरीलाई देखेपछि उनी लागूऔषध र मोटरसाइकल बाटोमै छाडी भागेर लुकेका थिए ।

सिरहाबाट लागूऔषध सहित नियन्त्रणमा लिइएकाहरुमाथि अनुसन्धानकालागि जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर उनीमाथि थप अनुसन्धान कार्य भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: २०८२ जेष्ठ २२, बिहीबार ०७:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको