विद्यार्थीहरुद्वारा नमुना टोल अवलोकन



जनकपुरधाम, जेठ २२ । विद्यार्थीहरुद्वारा नमुना टोल अवलोकन गरिएको छ । जनकपुरधम उप–महानगरपालिका–४ स्थितका नमुना टोललाई आज यहाँका छात्रछात्राहरुले रैली सहित अवलोकन गरेका छन् ।

कार्ड नेपालको सहयोगमा वातावरण दिवसको अवसरमा जनकपुरधामका चार वटा श्री कण्टिर झा नमुना माध्यमिक विद्यालय, वभनगामा, श्री राष्ट्रिय माध्यमिक विद्यालय रुपैठ, बेल्ही, श्री जनता माध्यमिक विद्यालय शिवपुर र त्रिभूवन आदर्श माध्यमिक विद्यालय, विन्धीका विद्यार्थीहरुद्वारा नमुना टोलको रैली सहितका अवलोकन गरेका छन् ।

वातावरण दिवसको अवसरमा जनकपुरधामको क्याम्पस चोकवाट शुरु भएको रैली विद्यापति चोक, राम चोक, जनक चोक, शिव चोक, भानु चोक, कदम चोक मालपोत हुँदै नमुना टोलको अवलोकन गर्दै क्याम्पस चोकमा पुगेर सम्पन्न भएको थियो ।
रैलीमा विद्यार्थीहरुले प्लाष्टिकको प्रयोग न्यूनिकरण तथा सरसफाई सम्वन्धी जनचेतना मुलक प्लेकार्ड र व्यानर प्रदर्शन गरेका थिए ।

कार्ड नेपालका अध्यक्ष अञ्जुकुमारी यादवको नेतृत्वमा भएको सो रैलीमा कार्यक्रम अधिकृत जनाद्र्धन भण्डारी, श्यामकुमार साह, युरोपियन युनियन, रेशलेस डभलपमेन्ट नेपाल, क्रिएशन र युथ इनोभेसन ल्यावका प्रतिनिधि सहितको सयौं जनाको सहभागिता रहेको थियो ।

कार्ड नेपाल सो टोलमा सरसफाई सम्वन्धी जनचेतना सम्वन्धी विभिन्न कार्यक्रमहरु गर्दै आई रहेको अध्यक्ष यादवले जानकारी दिइन् ।

प्रकाशित मिति: २०८२ जेष्ठ २२, बिहिवार १९:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको