जनकपुरधाममा ‘प्लाष्टिकको प्रयोग घटाऔँ, स्वच्छ टोल बनाऔँ’ अभियान



जनकपुरधाम, बैशाख २ । जनकपुरधाममा ‘प्लाष्टिकको प्रयोग घटाऔँ, स्वच्छ टोल बनाऔँ’ अभियान शुरु गरिएको छ ।

युरोपियन यूनियनको सहयोगमा क्रिएशन, रेस्टलेस डेभलपमेन्ट र युथ इनोभेसन ल्याबको साझेदारीमा सञ्चालित ग्रीनसिफ्ट नेपाल परियोजना अन्तर्गत युवा पैरवी समूहका रूपमा आबद्ध कार्ड नेपालले सिंगल युज प्लास्टिक न्यूनिकरण र सरसफाइ प्रवर्द्धनका लागि जनकपुरधाम उपमहानगरपालिका– ४ स्थित परिक्रमा सडक देखि मिट क्याम्पस हुँदै क्याम्पस चोक जाने मार्ग आसपासको बस्तीमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ।

चैत्र ३० गते का दिन मोडल टोल डिजाइन कार्यशाला पछिको समुदायसँगको फलोअप बैठकमा समुहिक सरसफाइ र सफा टोल बनाउन समुदायको भूमिका सम्बन्धि गहन छलफल भयो साथै टोलमा फोहरका बर्तमाण समस्याहरु र त्यसका निकास बारे छल्फल भएको थियो । उक्त भेलाले गरेको निर्णय अनुसार बैशाख १ गते बिहान जनकपुरधाम उपमहा नगरपालिका ४ का क्यमपस चोक एरियामा सिंगल युज प्लास्टीक न्यूनिकरण र सामुहिक सरसफाइकालागी घरदैलो कार्यक्रम पनि सम्पन्न भयो ।

कार्ड नेपालका टिमले समुदायका युवा तथा अगुवाहरुसंग मिलेर, सिंगल युज प्लास्टिक न्यूनिकरण,त्यसका असर, फोहरका प्रकृति अनुसार छुट्याउने बारे स्थानिय बासिन्हरुलाई जानकारी गराउँदै घरदैलो गरेका छन् । घरदैलोकै क्रममा टोलीले टोलमा फोहर सङ्कलन गर्ने डस्टबिन राख्न उपयुक्त स्थानहरू पनि चिन्हित गरेको छ, जसले आगामी दिनमा योजनाबद्ध रूपमा फोहर व्यवस्थापन गर्न सहयोग पुर्‍याउनेछ। स्थानीय बासिन्दा, युवा तथा अगुवाहरुले सक्रिय सहभागिता जनाउँदै सफा र स्वच्छ टोल निर्माणका लागि संयुक्त प्रयासको प्रतिबद्धता व्यक्त गरेका छन् । यस्तो अभियानले हामीमा चेतना र प्रेरणा दुबै दिएको छ भनि स्थानियको प्रतिकृया रहेको थियो ।

प्रकाशित मिति: २०८२ बैशाख २, मंगलवार १२:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको