जनकपुरधाम, जेठ २५ । नेपालको पहिलो ट्रेन अहिले जिर्ण र खण्डहर अवस्थामा देखिन्छ। जनकपुर–जयनगर रेल सेवा अन्तर्गत सञ्चालनमा आएको ऐतिहासिक रेल इन्जिन तथा डब्बाहरू संरक्षणको अभावमा धुलो र झारले ढाकिएको अवस्थामा छन्।
एक समय यात्रुको भिडले गुञ्जिने यो ट्रेन आज मौन छ — न त कसैले हेर्छ, न त सम्झन्छ। तस्वीरहरूमा हेर्नुहोस्, इतिहासका ती साक्षीहरू कसरी समयसँगै ओझेल पर्दैछन्।








































