
एजेन्सी, जेठ २७ । जीतन राम माझी नेतृत्वको हिन्दुस्तानी अवाम मोर्चा (एस) का राष्ट्रिय अध्यक्ष तथा मन्त्री सन्तोष कुमार सुमनले पार्टी २४३ वटै विधानसभा सिटका लागि पूर्ण रूपमा तयार रहेको दाबी गरेका छन् ।
अगामी निर्वाचनका केन्द्रित २४३ वटै सिटका लागि विधानसभा इन्चार्जहरूको घोषणा संगै आयोजित एक दिने प्रशिक्षण शिविरमा बोल्दै सन्तोष सुमनले बिहारमा एनडीएले भारी बहुमतका साथ जित हासिल दावी समेत गरे ।



जीतन राम माझी नेतृत्वका प्रदेश अध्यक्ष तथा पूर्व मन्त्री अनिल कुमारले नवनियुक्त विधानसभा इन्चार्जहरूलाई बुथ स्तरमा कार्यकर्ताहरूलाई सक्रिय पार्न, एचएएमका सिद्धान्त र विचारहरूलाई जनतामाझ पु¥याउन र प्रचार तथा मिडिया व्यवस्थापनका युक्तिहरू समेत साझा गरेका थिए ।
राष्ट्रिय अध्यक्ष सुमनले एचएएमका सबै इन्चार्ज तथा कार्यकर्ताहरूले एनडीए सरकारका उपलब्धिहरूलाई आम जनतामाझ पु¥याउने र सबै सिटहरूमा आफ्नो एकता प्रदर्शन गरेर एनडीए उम्मेदवारहरूको लागि काम गर्ने बताए।
उनले एनडीए गठबन्धन पूर्ण रूपमा एकताबद्ध भएको बताए। हाम्रो लक्ष्य मुख्यमन्त्री नितिश कुमार र प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा बिहारको विकासलाई अझ तीव्र गतिमा अगाडि बढाउनु हो । उनले अहिले गठबन्धनमा सिटहरूको बारेमा कुनै पनि कुरा भइरहेको अस्वीकार गरे।
राष्ट्रिय प्रवक्ता श्याम सुन्दर शरणले मिडिया र इन्टरनेट मिडियाको महत्त्वको बारेमा व्याख्या गरे र मानिसहरूलाई यससँग जोडिनको लागि प्रविधिको बारेमा सचेत गराए।
विधानसभा सदस्य ज्योति माझी, प्रफुल्ल माझी, राजेश पाण्डे, कमल परवेज, मोहम्मद कमलुद्दीन, स्मिता शर्मा, शंकर माझी, २४३ विधानसभा इन्चार्ज र सबै जिल्ला अध्यक्षहरू बैठकमा उपस्थित थिए।