अनेरास्ववियुको केन्द्रिय सदस्यमा धनुषाका मुकेश निर्वाचित



जनकपुरधाम, जेठ ३१ । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)को केन्द्रिय सदस्यमा धनुषाको मुकेश साह निर्वाचित भएका छन् ।

अनेरास्ववियुको २४औ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि काठमाडौंमा बिहीबार भएकोे निर्वाचनमा साह केन्द्रिय सदस्य खुल्ला तर्फ १०८५ मतका साथ निर्वाचित भएका हुन् ।

लक्ष्मिनिया गा पा –०७ का स्थायीबासिन्दा मुकेश अनेरास्ववियुको लक्ष्मिनिया गा पा कमिटी का अध्यक्ष हुदै जिल्ला कमिटि सदस्य हुदै अनेरास्ववियु केन्द्रिय मधेश प्रदेश कमिटीको सचिव समेत रहेका छन् ।

साह नेकपा एमाले सचिवमा रघुविर महासेठ र पोलिटब्युरो सदस्य मा जुलि महतो निकट रहेका छन् ।

प्रकाशित मिति: २०८२ जेष्ठ ३१, शनिबार १२:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको