जितेश कुमार यादव
सर्लाही, असार २ । सर्लाहीको गोडैता नगरपालिक-१२ मधुवनीमा एभरेस्ट चिनी मिल रामनगरले स्थापना गरेको उखु खरिद केन्द्रमा काम गरेका मजदुरहरुले परिश्रमीक नपाएको गुणासो गरेका छन।
एभरेस्ट चिनी मिलको एरिया ईन्चार्ज नन्दलाल पण्डितको रेखदेखमा स्थापना गरीएको सो उखु खरिद केन्द्र(कट्टा) मा उखु लोडर(मजदुर) शम्भु पासवान, जलन्धर पासवान ,राजु पासवान, महेन्द्र महतो, शिवचन पासवान र उमेश पासवानले पारिश्रमिक नपाएको गुणासो गरेका छन।
यस बिषयमा एभरेस्ट चिनिमिलका जि.एम. बिनोद यादवलाई बुझ्दा अरु रुपैया पाईसकेको र बाकी रुपैया २ दिनभित्र प्रदान गरिने बताए।
माघ २० गते संचालन भएको कट्टा फागुन २७ गतेसम्म संचालनमा रहेको थियो। एक महिना ७ दिनमा सो मिलले त्यहाँ कट्टाबाट १९ हजार २ सय ७५ क्विन्टल उखु खरिद गरेका थिए।
स्थानीय तहले आफ्ना एरियामा अन्य मिलहरुको कट्टा स्थापना नगर्न उर्डि जारी गरेपनी स्थानीय ठेक्केदारहरुले बलजबर्जस्ती कट्टा स्थापना गरी उखु किसानलाई सस्तो मुल्यमा उखु खरिद गरेको थियो।






