विलासी कर विरुद्ध सुनचाँदी व्यवसायीको सड्क आन्दोलन



काठमाडौं, असार २ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले सुनचाँदी क्षेत्रलाई लक्षित गरी लगाइएको विलासी कर विरुद्ध सोमबार काठमाडौंमा सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले प्रदर्शन गरेका छन् ।

सुनचाँदी व्यवसायीहरूले ‘हेलो सरकार, सुनका कुरा सुन, हिरा–जुवाहरत पत्थरमा लगाएको १३ प्रतिशतभ्याटखारेज गर, उच्च कर हटाउ, व्यापार बचाउजस्ता नारा लेखिएकाप्लेकार्ड बोकेर नाराबाजीगर्दै सरकारको विलासी कर विरुद्ध विरोध जनाएका हुन् ।

सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले सरकारसँग वार्ता गरी सुनचाँदीमाथिको ‘विलासी कर’हटाउनमाग गरेको छ। उनीहरूले माग पूरा नभए चरणबद्धआन्दोलन गर्ने चेतावनीसमेत दिएकाछन् ।

सरकारले बजेटमार्फत सुन, चाँदी, हिरा, र अन्यबहुमूल्यपत्थरहरूलाई विलासी वस्तुमा राखेर तिनमा १३ प्रतिशतसम्मको मूल्य अभिवृद्धि कर (भ्याट) र अन्यशुल्कहरू लगाउने प्रस्ताव गरेको थियो ।यही निर्णयको विरोधमा व्यवसायीहरू सडकमा उत्रिएका हुन् ।

प्रकाशित मिति: २०८२ असार २, सोमबार १५:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको