काठमाडौं, असार २ । प्रमुखप्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले भिजिटभिसा प्रकरणमा तत्काल छानबिन समिति बनाएर गम्भीर ढंगले अध्यन र छानबिन गर्न माग गरेका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राष्ट्रिय स्वतन्त्रपार्टी (रास्वपा)ले भिजिटभिसा प्रकरणमा छानबिन समिति नबनेसम्म आन्दोलन जारी राख्ने अडान राखेको भन्दैयसविषयलाई गम्भीररुपमालिएर तत्कालछानबिन समितिगठन गर्न माग गरेका हुन् ।
उनले भने, ‘यसबारे गम्भीर ढंगले अध्ययन र छानबिन गर्न जरुरी छ । सबैले उठाउँदै आइरहेको विषययहीथियो । उहाँहरूले छानबिन समिति नबनेसम्म सदनअवरोध गर्ने कुरा जानकारी गराउनु भएको छ । सरकारले ३० दिनभित्रछानबिन समितिबनाउने उद्घोष गरिसकेको छ ।हामीले त्यो कुरामाविश्वास पनि गरेको छौं । म सरकारसँगआग्रहगर्छु अब ३० दिनलगाउन जरुरी छैन, केहीदिनतत्कालगठन गरेर सबैभावना केन्द्रीकृत गर्न सरकारलाई आग्रहगर्छु ।
त्यस्तै उनले शिक्षाविधेयकअसार १५ गतेभित्रपारित सरकारले प्रतिबद्धताजनाएको स्मरणगर्दै कुनै बाहानामा सो जिम्मेवारीबाट सरकार पन्छिननमिल्नबताए ।
‘हामीले सदनभित्रअसार १५ गतेभित्रशिक्षाविधेयकपारित गरिसक्ने लाखौं शिक्षकसँग सरकारले प्रतिबद्धता गरेको छ । हामीले त्यो विधेयकपारित गर्नुपर्ने छ । सरकार कुनै पनिबाहानामात्यो त्यो जिम्मेवारीबाटनपन्छियोस् ।’उनले भने निरन्तर नाराबाजी गरिरहेको रास्वपाले भने शक्तिबस्नेतले बोल्ने क्रममा नाराबाजी रोकेर मौन समर्थन जनाएको छ ।






