जनकपुरधाम, असोज २७ । हुंकार मधेशले दशै पछि १० दिने हुलाकी यात्रा शुरु गर्ने भएको छ । मधेशमा नयाँ राजनीतिक अभियानको घोषणा गरेको अभियानले आफनो उद्देश्य संग आम जनता लाई जोड्न हुलाकी अभियान शुरु गर्न लागेको अभियानका प्रवक्ता केशव झाले जनाएका छन । यस अभियान मार्फत प्रत्येक जिल्लामा १०० जना अभियन्ता जोडने लक्ष्य राखेको छ ।
अभियानले संगठनलाई चुस्त बनाउन पहिलो चरणमा २१ वटा विभागका प्रमुखको जिम्मेवारी समेत तोकेको छ। नयाँ जिम्मेवारी पाएका विभागीय प्रमुखहरुलाई सात दिनभित्र कार्ययोजना, कार्यविधि र सयदिने कार्यक्रमको कार्यसूचीको खाका पेस गर्न निर्देशन दिएको छ ।
संगठनले विभागीय प्रमुखका लागि कम्तीमा स्नातक उत्तीर्ण र सम्बन्धित विषयमा विज्ञ हुनुपर्ने प्रावधान अनुसार नै जिम्मेवारी तोकिएको हुंकार मधेशले जनाएको छ।
तोकिएका विभागीय प्रमुखहरुमा संवाद तथा समन्वय विभागमा रामकुमार कश्यप, प्रचारप्रसार तथा प्रकाशन विभागमा केशवकुमार, संगठन विभागमा कौशलेन्द्र कौशल र कानुन तथा न्याय विभागमा रत्नेश्वर सनातनी छन्।
त्यस्तै, आईटी तथा कार्यमूल्यांकन विभागमा रोशनकुमार, बौद्धिक तथा पेशाकर्मी विभागमा डा. एन.एन. भारद्वाज, आर्थिक विभागमा सच्चिदानन्द यादव, अनुशासन विभागमा राजाराम यादव र प्रशिक्षण तथा नीति अनुसन्धान विभागमा मनोहर मानवलाई जिम्मेवारी दिइएको छ।
सहकारी, कर्पोरेट तथा उद्यमशीलता विभागमा कृष्णकुमार, स्वयंसेवी सुरक्षा दस्ता विभागमा उमेश सिंह, युवा तथा विद्यार्थी विभागमा पंकज आनन्द, वैदेशिक रोजगार विभागमा मनिषकुमार र सूचना तथा सञ्चार विभागमा पुष्पा प्रिया तोकिएका छन्।
यसैगरी, संघीय मामिला विभागमा मधुमाया यादव, शिक्षा तथा संस्कृति विभागमा इन्द्रजित साफी, उद्योग, व्यापार, वाणिज्य तथा व्यवसाय विभागमा सन्दीप त्रिपाठी, नागरिकता तथा भूमिहीन समस्या समाधान विभागमा अंगद यादव, कृषि विकास तथा अनुसन्धान विभागमा रामकिशुन नायक, विज्ञान तथा प्रविधि विभागमा प्रा. विजय महासेठ र सहिद तथा घाइते व्यवस्थापन विभागमा मो. युसुफ साफीलाई जिम्मेवारी दिइएको छ।
संगठनले विभागीय प्रमुखबाट कार्ययोजना प्राप्त भएपछि आगामी कार्यक्रमलाई व्यवस्थित रूपमा अघि बढाउने तयारी गरेको जनाएको छ।



