जितेश कुमार यादव
सर्लाही, असार ३ । मदिरा सेवनका कारण सर्लाहीमा एक व्यक्तिको ज्यान गएको छ । मृत्यु हुनेमा बलरा नगरपालिका वडा नं ९ नरहरगन्ज निवासी अन्दाजी ३६ बर्षीय केदार साह सोनार रहेका छन् ।
मदिरा सेवनबाट सडकमा ढलेको अवस्थामा सोनारलाई हेर्दा मृत्यु भईसकेको प्रहरीले बताएको छ। घटनाको मुचुल्का कार्य पछी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाईने इलाका प्रहरी कार्यालय गडहिया डुमरियाका प्रहरी निरीक्षक उज्जवल कार्कीले जानकारी दिए।
पछिल्लो समयमा जिल्लामा मदिराको विगबिगी बढेको छ । स्थानीय व्यापारीले पनि घरेलु मदिरा उत्पादन गर्दै आएका छन्। घरेलु मदिरा सस्तोमा पाईनेभएपछि सेवन गर्नेको संख्यामा वृद्धि हुँदै गएको हो ।






