करेन्ट लागेर धनुषामा एकजनाको मृत्यु



जनकपुरधाम, असार ५ । बाली जोगाउन खेतमा जडान गरिएको विद्युतीय तारमा करेन्ट लागेर धनुषामा एकजनाको मृत्यु भएको छ । मिथिला नगरपालिका–१ ढल्केबरका ५० वर्षीया मङ्गलीदेवी महतोको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

कार्यालयका प्रहरी निरीक्षक जटाशङ्कर यादवका अनुसार मङ्गलीदेवीले तरकारीबारीमा काम गर्ने क्रममा खेतमा जडान गरिएको तारमा छोएपछि निजको घटनास्थलमै मृत्यु भएको हो । “केही किसानले जङ्गली जनावरबाट तरकारी तथा अन्य बाली बचाउन विद्युतीय तार तानेर करेन्ट प्रवाह गरी बाली सुरक्षा गर्दै आएका छन् । मङ्गलीदेवीले पनि सोही तार छोएपछि करेन्ट लागेको हो”, उनले भने ।

करेन्ट लागेर धनुषामा मृत्यु भएको महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको जनाउँदै घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरी प्रवक्ता बरुण सिंहले बताए ।

 

प्रकाशित मिति: २०८२ असार ५, बिहीबार १८:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको