उपेन्द्र कुशवाहालाई लरेन्स बिश्नोई गिरोहको धम्की



एजेन्सी, असार ६ । राष्ट्रिय लोक मोर्चाका अध्यक्ष तथा राज्यसभा सदस्य उपेन्द्र कुशवाहालाई लरेन्स बिश्नोई गिरोहको नाममा धम्की आएको छ ।

सांसद कुशवाहाले आफै एक्स प्लेटफर्ममा यो जानकारी साझा गर्दै पटनाका एसएसपी संग कारबाहीको मांग गरेका छन । कुशवाहाले पोस्टमा लेखेका छन् कि राति ८ः५२ देखि ९ः२० सम्म, मलाई मोबाइल नम्बर ६३०५१२९१५६ र ९२२९५६७४६६ बाट लरेन्स बिश्नोई गिरोहको नाममा लगातार सात धम्कीपूर्ण कलहरू आएका छन ।

यसका साथै, मोबाइल नम्बर ७५६९१९६७९३ बाट राति ८ः५७ बजे एसएमएस मार्फत कुनै विशेष पार्टीको बारेमा राजनीतिक रूपमा बोलि रहे नराम्रो परिणाम भोग्नु पर्ने चेतावनी समेत दिएको बताए ।

उपेन्द्र कुशवाहालाई लरेन्स बिश्नोई गिरोहले दिएको धम्कीको क्रममा आफुलाई समाप्त गर्ने जस्ता शब्दको प्रयोग समेत गरेको उनले बताएका छन । पटनाका एसएसपी तुरुन्तै एक्सन लिई दोषीहरू विरुद्ध कडा कारबाही गर्न पर्ने मांग गरेका छन ।

प्रकाशित मिति: २०८२ असार ६, शुक्रबार ०९:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको