बिहार विधानसभा निर्वाचन अगाबै नितिशलाई झटका



एजेन्सी, असार ३ । बिहार विधानसभा निर्वाचन अगाबै नितिश कुमारलाई झटका लागेको छ । सोमबार जेडीयूका प्रदेश सचिव तथा मुस्लिम तेली संगठनका अध्यक्ष मोहम्मद डा. हारुन, एम. मुख्तारले आफ्ना समर्थकहरू सहित राष्ट्रिय जनता दलमा प्रवेश गरेका हुन ।

आरजेडी राज्य कार्यालयको कर्पुरी सभागारमा आयोजित कार्यक्रममा उनिहरु राजदमा प्रवेश गरे संगै नितिशलाई झटका लागेको हो ।

पार्टीका प्रदेश प्रमुख महासचिव रणविजय साहूको अध्यक्षतामा आयोजित बैठकमा आरजेडीका प्रदेश प्रवक्ता एजाज अहमदले रणविजय साहू सदस्यता रसिद, प्रतीकात्मक तौलिया, फूलको माला र पार्टीका राष्ट्रिय अध्यक्ष लालु यादवको जीवनीमा लेखिएको गोपालगंज राष्ट्रपति भवनलाई नामक पुस्तक प्रदान गरेर सम्मान गरेको बताए । यस अवसरमा पार्टीका धेरै वरिष्ठ नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो।

बिहार विधानसभा निर्वाचन अगाबै शुरु भएको दलबदलले चुनावलाई प्रभावित पार्ने बताइएको छ ।

कांग्रेस अध्यक्ष र इन्चार्जले विपक्षी नेतालाई भेटे

बिहार विधानसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक गतिविधि पनि बढ्न थालेका छन् । राज्यका प्रमुख विपक्षी दलहरूको महागठबन्धनको हिस्सा रहेको कांग्रेसले पनि आफ्नो राजनीतिक जग बलियो बनाउन सक्दो प्रयास गरिरहेको छ।

यसै सन्दर्भमा सोमबार बिहार कांग्रेस अध्यक्ष राजेश कुमार, प्रभारी कृष्णा अल्लावारु र विधान दलका नेता शकील अहमद खानले विपक्षी नेता तेजस्वी यादवलाई भेटेका छन । विपक्षी दलका नेतासँग कांग्रेस नेताहरूको यो भेट तेजस्वी यादवको आधिकारिक निवासमा भएको थियो ।
हिजो भएको कांग्रेस व्यवस्थापिका दलको बैठकपछि यो बैठकलाई महत्वपूर्ण मानिएको छ । बैठकपछि कांग्रेस नेताहरूलाई बैठक र सिटहरूको बारेमा सोध्दा उनीहरूले यो केवल शिष्टाचार भेटघाट मात्र भएको जानकारी दिए ।

प्रकाशित मिति: २०८२ असार ३, मंगलवार ०८:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको