वृजमान तामाङ
राजविराज, असार ६ । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ स्थित इटहर्वा बजारमा शुक्रबार स्वर्गीय विजय कुमार सिंहको दोश्रो स्मृति दिवस मनाइएको छ । इटहर्वा बजार व्यवस्थापन समितिका अध्यक्ष मिलन कुमार चौधरीको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्व विधायक असर्फी सदाको प्रमुख आतिथ्य एक समारोहका वीच स्मृति दिवस मनाइएको हो ।
कार्यक्रममा बोल्दै पूर्व विधायक सदाले ईटहर्वा बजार कलौनी सितापुर स्थापना गर्ने पहिलो श्रेय स्वर्गीय विजय कुमार सिंहले पाउने बताएका छन् ।
उनले स्वर्गीय सिंहले सामाज र देशका लागि अविस्मरणीय योगदान गरेको भन्दै चर्चा गरे ।
इटहर्वा बजार स्थापना तथा कृषि हाटबजार लगाउनु स्वर्गीय सिंहको कठिन प्रयासबाट सम्भव भएको उल्लेख गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनले गुम्न लागेको इटहर्वा बजारको अस्तित्वलाई संरक्षण गर्नसके मात्र स्वर्गीय सिंहप्रति सच्चा श्रद्धाञ्जली हुने भएकोले यसका लागि एकजुट हुन आग्रह गरे ।
उनले इटहर्वा बजारले चारदशकबढी देखि हकभोग गरेको जग्गा हडप्न माफियाहरुले चलखेल गरिरहेकाले यसको संरक्षणका लागि आफुसधै अग्रपंक्तिमा उभिने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९ फोनिज०मधेस प्रदेशका महासचिव बृजमान तामाङले देश र समाजका लागि समर्पित व्यक्तिलाई इतिहासले सधै स्मरण गरिरहने बताए । स्वर्गीय सिंहको विचार सामाजिक रुपान्तरणका लागि सधै उपयोगी रहको स्मरण गराउंदै उनले उहाँले देखाएको मार्गदर्शन र प्रेणालाई संरक्षण गर्न पनि स्मृति दिवसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
इटहर्वा बजारमा व्यवस्थापन समितिद्वारा आयोजित कार्यक्रममा स्वर्गीय सिंहका सुपुत्र अन्जनी कुमार सिंह, राम कुमार सिंह, नेपाल आदिवासी जनजाति महासंघ मधेस प्रदेशकी उपाध्यक्ष चर्चित रंगकर्नी दिल कुमारी चौधरी, कलाकार गोपाल प्रसाद चौधरी,तत्कालीन सितापुर गाविसका पूर्व उपाध्यक्ष योगेन्द्र प्रसाद चौधरी, । लक्ष्मी कुमारी यादव,भरत चौधरी,सुरुङ्गा नगरपालिकाका वडा सदस्य दिनेश चौधरी, स्थानीय गोविन्द चौधरी,रमेश कुमार चौधरी,प्रशन्न चौधरी,रमेश कुमार लेखी, राम कुमार चौधरीलगायतका उपस्थिति थियो ।
चर्चित उद्घोषक प्रविण कुमार चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत स्थानीय यूवा नेता विनोद कुमार चौधरी गरे ।
विसं २००० सालमा तत्कालीन प्रशवनी गाविसमा जन्म भएका सिंहको २०५३ माघ २८ गते निधन भएकोथियो । तत्कालीन प्रशवनी गाउँपञ्चायतको प्रधानपंच समेत निर्वाचित भएका सिंहले शिक्षा, स्वास्थ, खेलकुद लगायतका सामाजिक तथा राजनीतिक क्ष्रेत्रमा ठूलो योगदान दिएका थिए ।




