संकिव मोक्तानको नेतृत्वमा १९ सदस्यीय घेदुङ मधेश प्रदेश समिति



राजविराज, असार ८ । नेपाल तामाङ घेदुङ मधेश प्रदेशको अध्यक्षमा संजिव मोक्तान तामाङ (सर्लाही) चयन भएका छन् । सर्लाहीको हरिवनमा शनिबार राती सम्पन्न मधेश प्रदेशको दोश्रो अधिबेशनको बन्दसत्रबाट मोक्तान नेतृत्वमा १९ सदस्यीय सर्वसम्मत प्रदेश समिति चयन भएको हो ।

गठित समितिका उपाध्यक्षहरुमा सुनमाया लोप्चन (बारा) अष्ट बहादुर लोप्चन (पर्सा), चन्द्र बहादुर मोक्तान (धनुषा) मुख्यसचिवमा बाल कुमार रुम्बा (रौतहट), सचिबहरुमा कृष्णा कुमार तामाङ (महोत्तरी),रिता ब्लोन (सर्लाही), कोषाध्यक्षमा सरिता योन्जन (सप्तरी) सह कोषाध्यक्षमा अरुण लोप्च्न चयन भएका छन् ।

यसैगरी घेदुङ मधेश प्रदेश समिति को सदस्यहरुमा मंगले लोप्चन (बारा) अशोक कुमार तामाङ (सप्तरी) वीर बहादुर सिंङ्तान (सर्लाही) कुमार बहादुर मोक्तान (बारा) हरि बहादुर तामाङ (महोत्तरी) चरीमाया लो (महोत्तरी) ज्ञान बहादुर थिङ (सर्लाही), सन्दिप तामाङ, सन्त बहादुर मोक्तान र साङ बहादुर लो राजु रहेका छन् ।

उनीहरुलाई निर्वाचन आयुक्त प्रमुख संघीय सचिब कुमार घिसिङले सपथ ग्रहण तथा पदस्थापना गराएका थिए ।

प्रकाशित मिति: २०८२ असार ८, आईतवार ०९:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको