सप्तरीमा दुई मोटरसाइकल ठोकिँदा दुईको मृत्यु, एकजना घाइते



वृजमान तामाङ
राजविराज, असार ८ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित भित्र सडकखण्ड अन्तर्गत कोशी बाँधमा आइतबार तीव्र गतिमा रहेको दुई मोटरसाइकल एक आपसमा ठोकिंदा २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा शम्भुनाथ नगरपालिका ११ राजपुरका बर्ष १९ का आशाराम मण्डल र कञ्चनरुप नगरपालिका १ बैरवाका ३४ बर्षका ओम प्रकाश पंजियारको मृत्यु भएको हो ।

कंकालनी मन्दिरदेखि भलवातर्फ जाँदै गरेको स १० प ५६२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउदै गरेको बा ५५ प ६६३९ नम्बरको मोटरसाइकल विहान ०५स्५० बजे एकआपसमा ठोकिएको प्रहरीले जनाएको छ।

दुर्घटना गम्भीर घाइते बा ५५ प ६६३९ नम्बरको मोटरसाइकल चालक मण्डलको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारको क्रममा बिहान ०७स्३० बजे मृत्यु भएको तथा स १० प ५६२ नम्बरको मोटरसाइकल चालक पंजियारको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचारको क्रममा विहान ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।

दुर्घटनामा घाइते स १० प ५६२ नम्बरको मोटरसाइकलको पछाडि सवार सप्तरीको कञ्चनरुप १ बैरवका बर्ष ३० को सुभाष महतो घाइते भएका छन् । खुट्टा तथा शरीरको विभिन्न भागमा चोटपटक लागेको महतोको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचार गरि डिस्चार्ज भइसकेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

मृतक मण्डलको शव परिक्षणका लागि गजेन्द्र नारायण सिंह अस्पताल, राजविराजमा राखिएको, पंजियारको शव परिक्षण पछि ल्याएर दुबै आ(आफ्नो परिवारको जिम्मा लगाउने तयारी भइरहेको तथा दुवै मोटरसाइकल इलाका प्रहरी कार्यालय भारदहको नियन्त्रणमा राखी घटना बारे थप अनुसन्धान भइरहेको डिएसपी काफ्लेले बताए ।

प्रकाशित मिति: २०८२ असार ८, आइतवार १५:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको