झुन्डिएको अवस्थामा एक बृद्ध मृत फेला



राजविराज, असार १० । सप्तरीको कञ्चनरुप नगरपालिका ३ तक्मा टोलमा मंगलबार एक बृद्ध झुन्डिएको अवस्थामा मृत फेला परेको छ । स्थानीय धुर्तेली साहको छोरा बर्ष ७३ को मोहन साह आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेको हो ।

टिनको छानो भएको गाई गोठमा काठको बलोमा नाईलनको डोरी घाँटीमा पासो लगाई झुण्डी मृत अबस्थामा साहको शव फेला परेको प्रहरीले जनाएको छ ।

घटना बारे जानाकरी प्राप्त हुनसाथ इप्रका कन्चनपुरबाट ४:३० बजे प्रहरी टोली खटिगइ घट्ना स्थल सुरक्षित राखी अनुसन्धान भइरहेको प्रहरीले बताएका छन् ।

घटना स्थलको मचुल्का कार्य सम्पन्न गरी शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

प्रकाशित मिति: २०८२ असार १०, मंगलवार १३:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको