जनकपुरधाम, असार ११ । मधेश प्रदेश सभाका सभासद् तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश संसदीय दलका प्रमुख सचेतक रामअशिष यादवले मधेश प्रदेश सुधारको दिसामा नरहेको टिप्पणी गरेका छन् ।
आर्थिक बर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलमा माग लिदैँ सभासद् यादवले ९ औं नीति तथा कार्यक्रम तथा बजेट वक्तव्यमा रहेको भएपनि प्रदेश सरकार विगत भन्दा धेरै नै धरासायि बनेको बताए ।
उनले मधेश प्रदेश सरकार विकासको गतिमा अगाडि बढोस भनेर जनताको इच्छा रहे पनि जनता निराश बनेको बताए । उनले जनता मधेश प्रदेश सरकारको बर्तमान अवस्थामा सुधार आओस भनेर जनता चाहि रहेको भए पनि सरकारको काम कारवाही प्रति जनता अत्यन्तै दुःखी बनेको बताए । मधेश प्रदेश सभामा अत्यन्तै गम्भीर छलफल चलि रहेको छ तर प्रदेशका मुख्यमन्त्री नै अनुपस्थित भए पछि जनतामा निराशा आउनु स्वभाविक रहेको बताए ।
प्रदेश सभाको आजको बैठक अत्यन्तै महत्वपूर्ण रहँदा पनि मुख्यमन्त्री र मन्त्रीहरुनै अनुपस्थित भए पछि उनले यस्ता यस्ता समयमा सवैको अनिवार्य उपस्थितिको कानुन निर्माण गर्नुपर्ने सुझाव दिएका थिए । उनले भने–‘यति ठूलो बिषयमा छलफल भई रहेको छ आय–व्ययको अनुमन, राजस्व कति आउँछ, कति खर्च भयो, संचित कोषको अवस्था के हो ? यो सवै विषयको चित्रण आज मधेश प्रदेश सभामा हुँदैछ ।’
मधेश प्रदेश सरकार नीति तथा कार्यक्रम अनुसारको बजेट ल्याउन नसकेको आरोप उनले लगाएका थिए । उनले नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्यमा पर्यटनमा परिवर्तन हुन्छ जस्तो लागको थियो तर बजेट वक्तव्य आउँदा शिक्षामा बजेट कति भनेर प्रश्न समेत गरेका थिए । उनले शिक्षा मात्र तीन अर्व ५७ करोड बजेट दिएर मधेश प्रदेश सरकार शिक्षालाई अप्हेलना गरेको गुनासो समेत गरे ।
विश्व जलवायु परिवर्तनमा गम्भीर भए पनि मधेश प्रदेश सरकार कंक्रिट जोड दिएको भन्दै सरकारको आलोचना गरेका थिए । उनले कंक्रिट निर्माणकालागि सरकारले विनियोजन गरेको करिव १६ अर्व रुपैयाँ ? प्रदेशलाई सरकार कहाँ लिएर जान चाहेको हो उनको प्रश्न थियो । उनले मधेश प्रदेश सरकार संग योजना नरहेको भन्दै सांसदको योजना भन्दा बढी विचौलियाको योजना रहेको आरोप समेत लगाएका थिए ।
उनले मन्त्रीहरुले व्यापक रुपमा मनमौजी र उल्लेघन गरेको आरोप लगाउँदै यसको प्रमाण रेडबुक रहेको बताएका थिए । यो विकासको योजना नरहेको बताउँदै उनले विकासको योजनाकालागि बहुबार्षिक, बहुउदेश्यीय योजना हुनुपर्नेमा जोड दिएका थिए ।
उनले भने–‘पुराना सरकारहरुले बताएको ट्रयाक भन्दा एक कदम अगाडि बर्तमान सरकार नरहेको बताएका थिए । एक निर्वाचन क्षेत्र एक पक्की सडक पूर्व मुख्यमन्त्री लालबाबु राउतले बनाएको योजना हो, त्यस योजनावाट प्रदेश कहाँ त्यो योजनावाट अगाडि बढ्न सकेको छ ।’
प्रदेश सरकार डिपिआरमा बढी ध्यान दिएको टिप्पणी गर्दै सभासद् यादवले भने–‘मिथिला पेन्टिङ्गमा बजेट नछुट्टियाइए पनि कंक्रिटको वाल निर्माण हुने र त्यसमा मिथिला पेन्टिङ्ग गर्नकालागि बजेट विनियोजन गरिएको छ । यो खुलेआम पैसा खाने मनोसाय रहेको जो स्पष्ट बुझ्न सकिन्छ । कहा लिएर जादैँ हुनु हुन्छ प्रदेशलाई ? मिथिला चित्रकलाको प्रवद्र्धन र सम्वद्र्धन वालमा बनाएर हुन्छ ? मधेश भवनको अगाडि बनाउनु भएको छ स्वागत योग्य छ । मधुवनीमा जानुस रेल्वे स्टेशनलाई मिथिला पेन्टिङ्गले सजाइएको छ, रेल्वेको बुगिहरुलाई सजाइएको छ । भनिन्छ कलाकारहरुलाई ‘पेटमे खर नहि सिंहमे तेल’ ।’






