करेन्ट लागेर बालकको मृत्यु



श्याम कुमार ठाकुर
सिरहा, असार ११ । सिरहाको गोलबजार–१२ बेतौनामा करिब ७ वर्षीय बालकको खेतमा करेन्ट लागेर मृत्यु भएको छ। रामकरण महतोका छोरा भल कुमार करण आफ्ना अभिभावकसँग खेतमा सिँचाइका लागि प्रयोग गरिएको मोटरको नजिक खेल्ने क्रममा करेन्ट लागेर ज्यान गएको हो।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर गोविन्द प्रसाद साहले घटनाको अनुसन्धान भइरहेको बताए। शव पोष्टमार्टमका लागि रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल, लहान लगिएको छ।

गत सोमबार पनि गोलबजार–१३ दुर्गापुरमा ६२ वर्षीय एक व्यक्तिको खेतमै करेन्ट लागेर मृत्यु भएको थियो।

प्रकाशित मिति: २०८२ असार ११, बुधबार १६:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको